बेलायती राजकुमार ह्यारीको ऐतिहासिक बिवाहमा सरीक हुँदै प्रियंका, देखियो यस्तो दृश्य हेर्नुहोस यी ७ फोटोमा

एजेन्सी । पछिल्लो समय हलिउड सिरीयल क्वांटिको बाट सर्वत्र चर्चा कमाएकी बलिउड नायिका प्रियंका बेलायती प्रिन्स ह्यारी र मेघन मार्कलको बिवाहमा सरिक हुने अवशर पाएकी छन् ।
बलिउडसंगै हलिउडमा समेत काम गरेर चर्चा कमाएकी बलिउड नायिका प्रियंका चोपडाको मित्रता हलिउडदेखि राज खानदानसंग पनि बढेको देखिएको छ । विश्वको नै ध्यान खिचिरहेको बेलायती राजघरानाकोे विवाहमा सरीक हुन पाउने एक मात्र भाग्यशाली बनेकी छन् प्रियंका जसको कारण झन् उनको चर्चा बलिउडम चुलींदो छबेलायतका राजकुमारको बिवाहमा प्रियंकालाई कसरी निम्तो आयो होला भन्ने जिज्ञासा हुन सक्छ । वास्तवमा प्रियंका र मार्कल मिल्ने साथी हुन् । अमेरिकामा नै हुँदा एक इभेन्टमा मार्कलसंग प्रियंकाको भेटघाट भएको थियो त्यसपछि यी दुईबीच राम्रै मित्रता बढेको थियो ।
सन् २०१६ बाट सुरु भएको उनीहरुको मित्रताको कारण पनि उनले राजकिय बिवाहको साक्षी बन्ने मौका पाएकीछिन् । त्यसोत प्रियंकाले क्वांटिकोमा काम गर्दा मेघन मार्कलले धेरै पटक प्रियंकाको अन्तरवार्तासमेत लिएकी थिईन् । प्रियंका उनीहरुको बिवाहमा सरिक हुन लण्डन पुगिसकेकीछिन् ।
उनले सामाजिक सञ्जालमार्फत मार्कलका साथीहरु रमाईलो गर्दे गर्दाको तस्बिर सार्वजनिक गरेकीछिन् । राज परिवारको बिवाहमा सरिक हुने भएपछि प्रियंकाको बलिउडमा खुबै चर्चा भईरहेको छ
Comments
Post a Comment