
ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल ज्येष्ठ ६ गते रविबार नेपाल सम्बत ११३८ अनलाथ्व,सन् २०१८ मे २० तारिक अधिक ज्येष्ठशुक्लपक्ष पञ्चमी तिथि विहान६ वजेर ५८ मिनेटसम्म,तिष्य नक्षत्र राती २ वजेर ५८ मिनेटसम्म,गण्डयोग,बालवकरण,आनन्दादियोग श्रीवत्स,सूर्य वृष राशीमा,चन्द्रमा कर्कट राशीमा । ॐः–राहुकालः–अपरान्ह ५÷५वजेबाट६÷४७वजेसम्म रहनेछ,यमघण्टायोगः–मध्यान्ह १२ वजेबाट अपरान्ह १÷४२वजेसम्म रहनेछ, दूरमुहूर्तः–अपरान्ह ४÷५९ वजेबाट ५÷५४ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२८वजेसम्म रहनेछ, गुली कालः–अपरान्ह३÷२४वजेबाट ५÷६ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ । ॐः–सूर्योदयबाट प्रातः ६÷५६ वजेसम्म उद्वेगवेला,६÷५६ वजेदेखि ८÷३८ वजेसम्म चरवेला,८÷३८ देखि १०÷१९ वजेसम्म लाभवेला,१०÷१९ देखि १२÷१ वजेसम्म अमृत वेला,१२÷१ देखि १÷४२ वजेसम्म कालवेला,१÷४२ देखि ३÷२४ वजेसम्म शुभवेला,३÷२४ देखि ५÷५ वजेसम्म रोगवेलार ५÷५ वजे देखि सूर्यास्तसम्म उद्वेगवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷६ वजेसम्म शुभवेला,८÷६ वजेदेखि ९÷२४ वजेसम्म अमृत वेला,९÷२४ देखि १०÷४३वजेसम्म चर वेला,१०÷४३ देखि १२÷१ वजेसम्म रोग वेला,१२÷१ देखि १÷२० वजेसम्म कालवेला,१÷२० देखि २÷३८वजेसम्म लाभवेला,२÷३८ वजे देखि ३÷५७ वजेसम्म उद्वेग र ३÷५७वजे देखि सूर्योदयसम्म शुभवेला रहनेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
मेष

मेषः– अपर्झट अनायास खर्च वृद्धिले आर्थिक संकट पर्न सक्छ । घरपरिवारमा समस्या देखा पर्ने छन् । काम काजमा अवरोध आउने देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । आफन्तबाट विश्वासघात हुन सक्छ ।
बृष

वृषः– काम गर्ने जोश जागर बढ्नेछ । आफन्तबाट सामान्य सहयोग पाईनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । वास्तुकला,शिल्पकलाबाट लाभान्वित हुनुहुनेछ ।
मिथुन

मिथुनः– संचित धन नास हुन सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन । मिलेर काम सके सम्म नगर्नु होल । आलस्यता नै शत्रु सम्झि काम गर्नु भएमा राहत मिल्ने छ । राज्यबाट पीडित हुनुहुनेछ ।
कर्कट

कर्कटः–विना तयारी काममा नजानु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् ।
सिंह

सिंहः– विना उपलब्धिका ठाँउमा विनाकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । रिस,अहंकार र क्रोध बढ्नेछ । चोटपटक आदिको भय देखिन्छ ।
कन्या

कन्याः– थोरै मेहनत धेरै पैसा,परिवारजनको सहयोग,माताको आशिर्वाद मिल्ने छ । आर्जन गरेको धनलाई संरक्षण गर्न भने गाह्रो पर्न सक्छ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । घरमा शान्ति कम मिल्नेछ ।
तुला

तुलाः– आत्म संयमका साथ लगनशिल भई काम गर्नु होला । अरुको भर पर्नु भयो भने दुःख पाउनु हुनेछ । काम गरेर प्रतिष्ठा आर्जन गर्न सकिने छ । घर परिवारबाट सहयोग पाईने छ ।
बृश्चिक

वृश्चिकः– समयमा पूर्ण सुधार आउने छैन । तनाव थोरै घट्नेछ । काममा आँशिक सफलता मिल्नेछ । बाह्य कुरामा बढि ध्यान जानेछ जसका कारण उपलब्धिका काम कम हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
धनु

धनुः– दिन प्रतिकुलछ काम गर्दा विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । रुघा खोकीले सताउन सक्छ । आर्थिक कारोवारमा गडबढ हुन सक्ने कुरालाई नकार्न सकिन्न । चोटपटकको भय छ ।
मकर

मकरः– परिवारमा द्वन्द हुनसक्छ संयमित भएर काम गर्नुहोला । नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् । मिलेर होइन एक्लै गरेका काम बढि उपलब्धिपूर्ण रहनेछन् । व्यापारमा प्रगति हुनेछ । विदेश यात्राको सम्भावना देखिन्छ ।
कुम्भ

कुम्भः– शत्रु लाग्न सक्छन्,काम गर्दा अत्यन्त चनाखो भएर गर्नु होला । मनोबल उच्च गरी, लगनशिल भई काम गर्नु होला तव उपलब्धि हासिल हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । ऋण लगानी नगर्नु होला ।
मीन

मिनः– खासै सफलताको अनुभूति गर्न पाईने छैन । समयको मुल्यांकन गर्न सकिएन भने पछि परिनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । पढाई लेखाईमा अवनति हुनेछ । महत्वकाँक्षी नबन्नु होला ।
Related Posts
May 20, 2018
विमान दुर्घटनामा मृत्यु भएका १०७ जनाको सम्झनामा दुई दिन राष्ट्रिय शोकको घोषणा!May 20, 2018
सिमाना विवाधका कारण बन्चरोले हानी एकैसाथ ४ व्यक्तिको हत्या!May 20, 2018
सिनेमाहलको पर्दामा अचानक यस्तो देखियो आफुलाई थाम्न नसकेर एकाएक बाहिर निस्किए दर्शक, ! रोचक खब
Comments
Post a Comment