आईएमईबाट पैसा निकालेर बैंकमा जम्मा गर्न जाने क्रममा गोली हानेर ९ लाख रुपैयाँ लुटियो, मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेका छन् ।

धनगढी । प्रदेश नम्बर ७ को राजधानी धनगढीस्थित सेन्चुरी बैंकको शाखा कार्यालयमा गोली प्रहार भएको छ । धनगढीको ट्राफिक चोक नजिकै रहेको सेन्चुरी बैंकको शाखा कार्यालयमा बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक इन्द्र मल्लका अनुसार बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका व्यक्तिमाथि गोली प्रहार भएको हो । गोली हानेर ९ लाख रुपैयाँ लुटपाट भएको छ । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी-३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ । मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

Comments