भारतीय पक्षका अनुसार पाकिस्तानको तर्फबाट भएको गोलाबारीमा चार नागरिक र सुरक्षा बलका एक जवान पनि मारिएका छन् । पाकिस्तानी सेनाका अनुसार सियालकोट सेक्टरमा भारतको तर्फबाट गरिएको गोलाबारीमा कम्तिमा पनि चारजना नागरिक मारिएका छन् ।
भारत र पाकिस्तानबीच सन् २००३ मा युद्धविराम सम्झौता भएको थियो । जसको दुवै पक्षबाट लगातार उल्लंघन हुने गरेको छ। त्यस क्रममा सर्वसाधरण र दुवै पक्षका सुरक्षाकर्मी पनि लगातार मारिने गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १९ मे मा जम्मु कश्मीरको भ्रमणमा जाने तयारीमा छन् । उनको यस यात्रा अघि अन्तरराष्ट्रिय सीमामा पाकिस्तानले केही दिनयता लगातार गोलाबारी गरिरहेको भारतीय पक्षले जिकिर गरेको छ ।
रमजानको महिनालाई मध्यनजर गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कश्मीर भ्रमण पहिले नै भारतीय सुरक्षा निकायले ‘युद्धविराम’ को घोषणा गरेका थिए । तर पनि कश्मीरमा हिंसा कम भएको छैन ।
Comments
Post a Comment