मंगलबार प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको ज्ञापनपत्र बुझेपछि ओलीले मैथिली भाषामा टि्वट गर्दै मधेशको भावना सम्बोधन गर्ने बताएका हुन् ।
ओलीले प्रदेश २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डलसँगको भेटपछि लगातार तीनवटा टि्वट गरेका छन् । जसमध्ये उनले मैथिली भाषामा दुईवटा ट्वीट गर्दै मधेशको मन जित्न खोजेको देखिन्छ ।
ओलीले मधेशको शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिञ्चाई तथा डुबान समस्याको समाधानका लागि सांसदहरुले देखाएको अग्रसरताप्रति धन्यवाद दिएका छन् ।उनले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत तराई मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गरिने आश्वासनसमेत दिएका छन् ।
हालैमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गराउँदै ओलीले मैथिली संस्कृति अनुरुपको पोशाक लगाएर जानकी मन्दिरबाट सम्बोधन गरेका थिए ।
Comments
Post a Comment