दृष्टिबिहिन गायककाे डाक्टर बन्ने सपना ! बाढीमा बगेका प्रकाश तिमिल्सिना माझीको जालमा पारेर बाँचे अनि यसरी बने सफल गायक
२०४४ सालको वैशाख १ गते सुनसरीको प्रकाशपुरमा जन्मिएका प्रकाश तिमिल्सिनालाई एक वर्षको सानो उमेरमा नै पारिवारीक विछोडको विपत्ति आइपर्यो । २०४५ सालको भुकम्प पछिको कोशीको बाढिका कारण उनले आफ्नो परिवार गुमाए नै आफ्नो दृष्टि पनि गुमाउन पुगे। उनै प्रकाश अहिले नेपाली संगीताकाशमा चम्किला तारा बनेर उदाइरहेका छन् ।
प्रकाशले देशविदेशमा थुप्रै कन्सर्टहरू गरेका छन्। नेपालका अधिकांश भागमा पुगेका उनी विदेशमा हङकङ दुई पटक, कोरिया, कतार र दुबई पुगेका छन्। आफ्ना गुमेको दृष्टि फिर्ता हुने आशामा छन् उनी । त्यसकालागि अस्ट्रियामा जानुपर्ने डाक्टरहरूको उनलाई सल्लाह रहेको छ । अहिले उपचारको लागि आवश्यक ४५ लाख रूपैयाँ लाग्नेछ, पैसा जम्मा गर्दैछन् प्रकाश । आफू समाजसेवी भएर समाजसेवा गर्न चाहन्छन प्रकाश । हेर्नुहोस उनीसंग गरिएको कुराकानी :
Comments
Post a Comment