
अभिनेत्री मलाइका अरोडा आए दिनमा इन्स्टाग्राममा निकै एक्टिभ रहन थालेकी छिन् । उनी आफ्नो बोल्ड अन्दाज आफ्नो फ्यानहरुको माझ शेयर गरिरहन्छिन् । हालै उनले आफ्नो बिकिनी तस्वीर पोस्ट गरेकी छिन् जस पश्चात उनलाई ट्रोल गर्न थालिएको छ । त्यति मात्र नभएर केही युजर्सहरुले निकै भद्दा कमेन्टसम्म गरेका छन् । तस्वीरमा मलाईका पानी भित्र नजर आईरहेकी छिन् ।उनले आफ्नो ४ तस्वीरको कोलाज शेयर गरेकी छिन् । त्यसमै एक तस्वीरमा उनले दुवै हात ले मुटुको आकार बनाएकी छिन् । मलाइका सधै झैँ निकै ग्ल्यामरस देखिएकी छिन् । एक यूजरले कमेन्टमा लेखे कि ” एक आमा बिकिनी लगाएर इन्स्टामा कसरी आफ्नो तस्वीर शेयर गर्न सक्छिन् । ” साथै अर्को युजरले टीनएजर झैँ हर्कत नदेखाउनु भनेर लेखेका छन् ।फ्यान्सहरुको लागी सोशल मीडिया एक यस्तो माध्यम बनेको छ कि उनीहरु आफ्नो कुरा सजिलैसँग सेलिब्रिटीजसम्म पुर्याउन सक्छन् तर विस्तारै यो माध्यम ट्रोल गर्ने माध्यम बन्दै गएको छ । धेरै जसो सेलिब्रिटीजहरु यस्तो ट्रोल गर्ने वालाहरुलाई जवाफ दिन रुचाउदैनन् । पछिल्लो केही समय देखी मलाइका अरोड़ा र अर्जुन कपूरको रिलेशनशिपको खबर चर्चामा आएको छ । त्यति मात्र नभएर अरबाज खान र मलाइका अरोड़ा खानको डिवोर्सको लागी पनि अर्जुन कपूरलाई जिम्मेदार बताईएको छ । दुवैलाई प्राय साथ-साथ पार्टी गर्दै र एयरपोर्टमा स्पँट गरिएको छ । सूचना अनुसार मलाइका अरोड़ाको साथ अफेयरलाई लिएर सलमान खानको अर्जुन कपूरसँगको सम्बन्धमा खटास उत्पन्न भएको छ । अरबाज-मलाइकाको डिवोर्सको लागी सलमान, अर्जुनलाई जिम्मेदार मान्छन् ।
Comments
Post a Comment