काठमाण्डु, १३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा रुटबाट आएको तस्करीको सुनबारे छानबिन भइरहेको बताउँदै अरु रुटका तस्करीको पनि छानबिन भइरहेको बताएका छन् । उनले अहिले चर्चामा रहेको साढे ३३ किलो सुन तस्करहरु पक्राउ परेको आवश्यक छानविन भइरहेको सदनलाई जानकारी गराए ।
राष्ट्रपतिले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिन आइतबार संसदमा उपस्थित प्रधानमन्त्रीले सुनसँगै तस्करीबाट आएका अन्य सामानको छानबिन पनि भइरहेको बताए ।
उनले विमानस्थलबाट बाहिरएको सुनलाई बालुवाको थुप्रो सङ्केत गर्दै अहिले भने सुन तस्करी रोकिएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘अब सुन तस्करी मात्र होइन देशमा हुने अन्य तस्करी समेत नियन्त्रणमा आउँछ ।’
प्रधानमन्त्री ओलीले सुन प्रकरणमा प्रभावकारी रुपमा अनुसन्धान समेत भइरहेको जानकारी गराएका छन् ।
सुन प्रकरणमा मुख्य नाइके भनिएका चुडामणी उप्रेति गोरेलाई पक्राउ गरी छानबिन समितिले बयान लिइरहेको छ । त्यस्तै जिल्ला अदालत मोरङले २८ जनालाई पूर्पक्षको लागि थुनामा पठाइसकेको छ ।
सुन तस्करबारे कडा रुपमा जवाफ दिएका प्रधानमन्त्रीको भनाइपछि सरकारका गृहमन्त्री बादलसहित सबै मन्त्रीहरुले पररर ताली पट्काएका थिए ।
प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा भएको ठगी छानबिन भइरहेको बताए । ‘घरजग्गा बेचेर गएका नेपाली युवाहरुलाई ठग्नेहरुलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भने ।
प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण र उन्मुलनको काम गर्ने पनि बताए । कर नतिर्ने र अनुचित काम गर्नेलाई छुट नदिने प्रधानमन्त्रीको भनाइ छ ।
साभार kathmandutoday बाट
Comments
Post a Comment