अन्ततः भारतले विराटनरस्थित आफ्नो फिल्ड अफिस हटाउने भएको छ । दश वर्ष अघि विराटनगरमा फिल्ड अफिस स्थापना गरेको भारतले त्यहाँबाट विभिन्न गतिविधि गर्दै आएको थियो ।
विगतका सरकारले पटक पटक आग्रह गर्दा समेत भारतले फिल्ड अफिस हटाउन मानेको थिएन । तर, पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि नेपाल आएको वेला प्रधानमन्त्री केपि शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फिल्ड अफिस हटाउन चेतावनी दिएका थिए ।
यसैबीच भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ ।
२ भदौ २०६५ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो । त्यसका लागि पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो । तर, अझैसम्म यो हटेको छैन ।
नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए । तर, भारतले केही भनेको थिएन । तर, जेठ ५ गते नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले घोषणा गरेको तीन दिनपछि भारतले हटाउने औपचारिक जानकारी दिएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराइसकेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जे उद्देश्यका लागि अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । भारत सरकारले अफिस बन्द गर्ने र कर्मचारीलाई अन्यत्र लैजाने निर्णय गरिसकेको छ ।’
Comments
Post a Comment