नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो खेलमा सहभागिता जनाउँदै छन् ।

काठमाडौँ — नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो खेलमा सहभागिता जनाउँदै छन् । दिल्ली डेयरडेभिल्सले उनलाई मुम्बई इन्डियन्ससँगको खेलमा उतार्ने भएपछि सन्दीपले पछिल्ला तीन खेल खेल्न लागेका हुन् ।दिल्लीको फिरोज शाह कोटला मैदानमा हुने खेल दिल्लीको यस सिजनको अन्तिम खेल हो। १३ खेलमा ८ अंक मात्र बटुली दिल्ली अंक तालिकाको पुछारमा रहेको छ र यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ। दिल्लीलाई पराजित गर्न सके मुम्बई प्ले अफमा पुग्ने छ।
खेलमा दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ।
सन्दीपले यसअघि अघिल्लो शनिबार दिल्लीकै फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बेङलोरविरूद्ध ‘डेब्यु’ गरेका थिए। उनले सो क्रममा ४ ओभरमा २५ रनमात्र खर्चेर भारतको प्रतिनिधित्व गरिसकेका पार्थिव पटेलको विकेट लिएपछि विश्वव्यापी चर्चा बटुलेका थिए। यद्यपि दिल्लीले उक्त खेल हारेको थियो।
शुक्रबार मात्र उनले महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सविरूद्ध ४ ओभरमा २१ रन खर्चेर सुरेश रैनाको विकेट लिएका थिए।
आईपीएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्।प्रकाशित : जेष्ठ ६, २०७५ १५:५०
Comments
Post a Comment