सिरियल अभिनेत्रीका रिल र रियल लाइफ लुकमा आकाशजमिनको भिन्नता, फोटो हेर्नु भएमा विश्वासै लाग्द



काठमाडौँ। टिभीको दुनियाँ पनि आफैँमा एक फिल्म उद्योग भन्दा कम छैन। टिभीका कलाकारहरु पनि बलिउड कलाकारहरु भन्दा कम छैनन्। यदि पर्दाको दुनियाँको चमकधमकलाई छाडेर हेर्ने हो भने ती स्टारहरुका पनि अलग दुनियाँ रहेको छ।

उनीहरुका लुक र स्टाइल पनि बिल्कुल फरक छ। यस्तोमा आज हामी टिभी सिरियलका बुहारीका बारेमा चर्चा गर्नेछौँ जो रिलमा संस्कारी छन् तर रियलमा निकै आधुनिक देखिन्छन।

क्रिस्टल डिसूजा(रिल लाइफ)क्रिस्टलले भारतीय कलर्स च्यानलमा प्रसारित हुने टिभी सिरियल ‘बेलन वाली बहु’, स्टार टिभीमा प्रसारित हुने सिरियल ‘एक हजारों में मेरी बहना है’ र सोनी टिभीको सिरियल ‘एक नई पहचान’ मा अभिनय गरिसकेकी छिन् र आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन्। यदि उनको रिल लाइफ थाती राखेर रियल लाइफ हेर्ने हो भने उनी कुनै पनि कोणबाट संस्कारी बुहारी जस्तो देखिदैन।
क्रिस्टल डिसूजा(रियल लाइफ)
सन् २०१३ मा ‘ईस्टर्स ओय’ द्वारा जारी गरिएको एसियाको सर्वाधिक सेक्सी महिलाको सूचीमा क्रिस्टलको नाम पनि समावेश गरिएको थियो।
सारा खान (रिल लाइफ)
स्टार प्लसमा प्रसारित हुने लोकप्रिय सिरियल ‘बिदाई’ बाट घर-घरमा महिलाहरुका जिब्रोमा झुण्डिएको नाम हजो सारा खान। उनको स्टाइल कुनै मोडेल भन्दा कम छैन। उनको सुन्दरतामा रिल र रियल लाइफमा आकाश-जमिनको फरक छ। विशेषत: बुहारीको भूमिकामा देखिने साराको रियल लाइफको स्टाइल देख्नु भएमा तपाई आश्चर्य चकित पर्नु हुनेछ।
सारा खान (रियल लाइफ)
सारा खान आफ्नो सुन्दरताको जादू कै कारण सन् २००७ मा मिस भोपाल पनि बनिसकेकी छिन्। उनको सुन्दरताको जादू आज पनि यथावत नै छ ।
रागिनी खन्ना (रिल लाइफ)
रागिनी खन्ना टिभी सिरियलका टप सुन्दर अभिनेत्रीहरुका सूचीमा पर्छिन्। उनको गालाको डिम्पलले आज पनि मानिसहरुलाई घायल गर्दछ। रागिनीले ‘ससुराल गेंदा फूल’ र ‘मैं लक्ष्मी तेरे आंगन की’ जस्ता सिरियलहरुमा काम गरिसकेकी छिन्। उनले ‘इन्डियाज बेस्ट ड्रामेबाज’ र ‘ग्याङ्ग्स अफ हँसिपुर’ जस्ता शोहरु पनि होस्ट गरिसकेकी छिन्।
राागिनी खन्ना (रियल लाइफ)
रागिनीले छोटो पर्दाको साथ-साथै ठुलो पर्दामा पनि काम गरिसकेकी छिन्। उनले ‘तीन थे भाई’ र ‘गुडगांव’ जस्ता फिल्महरुमा पनि काम गरिसकेकी छिन्।
ऐश्वर्या सकुजा(रिल लाइफ)
प्रसिद्ध सिरियल ‘सास बिना ससुराल’ मा संस्कारी बुहारीको भूमिका निभाएकी अभिनेत्री ऐश्वर्या अहिले टिभीको दुनियाँबाट टाढा छिन्। तर उनी नच बलिए ७ मा आफ्नो पतिसँग देखा पर्छिन्।
ऐश्वर्या सकुजा(रियल लाइफ)
टिभी सिरियल ‘मैं ना भूलूंगी’ मा ऐश्वर्याले आफ्नो अभिनयको जलवा देखाएकी थिईन। ऐश्वर्याले आफ्नो टिभी करियर सुरुवात गर्नु अघि मोडेलिंगमा पनि हात हालेकी थिईन। उनी सन् २००६ मा ‘मिस इण्डिया’ फाइनलिस्ट पनि रहिसकेकी छिन्।

Comments