धनगढीको चौराहा मुख्य बजारको पुरानो सब्जीमन्डी जाने चोक नजिक रहेको एनसीसी बैंकबाट कार्कीले पैसा झिकेर बाहिर निस्कँदै गर्दै मोटरसाइकलमा आएका २ जना नकावधारीले गोली हानी पैसा लुटेर लगेका हुन् ।
गोली प्रहार गरी भागेका दुईजना लुटेरालाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।
कार्कीको छाती र कुइना माथीको पाखुरामा गोली लागेको छ । उनको उपचार सेती अञ्चल अस्पतालमा भइरहेको छ । घाइते कार्कीले पैसा राखेको ब्यागलाई खोसेर लैजान नदिँदा तानातान भएपछि लुटेराले गोली हानेको बताए । उनले आफू नियमित बैंकमा पैसा लिन जाने गरेको बताएका छन् । उनले भने, ‘सिद्धार्थ बैंकबाट पैसा लिएर फर्किंदै गर्दा मूल सडकमै मलाई गोली हानेर लुटियो ।’
‘गोली लागे पछि म सडकमा ढलें,’उनले भने, ‘छेउमै प्रहरीहरु थिए । सडकमा ओहोर दोहोर गर्ने मान्छे पनि थिए । वरिपरि पसलेहरु पनि थिए । तर सबै रमिते भए । कोही पनि मलाई जोगाउन आएनन् । म ढल्दा पनि मलाई उठाउन कोही आएन । प्रहरी र दर्जनौं व्यापारीहरुको अघिल्तिरबाटै लुटेराहरु गोली हानेर, लुटेर भाग्दा पनि न प्रहरीले पक्रन सक्यो, न अरु मान्छेले समात्ने प्रयास गरे ।’
सेती अस्पताल इमरजेन्सी विभागका कृष्णबहादुर बोहराका अनुसार घाइते बोल्न सकिरहेको भएपनि छातिमा गोली भएकोले अवस्था गम्भिर रहेको बताए ।
साभार kathmandutoday
साभार kathmandutoday
Comments
Post a Comment