सूई लगाएलगत्तै बिमारीको मृत्यु, डाक्टरसहित मेडिकल सञ्चालक पक्राउ



सूई लगाएलगत्तै समान्य बिमारीको उपचारको क्रममा मृत्यु भएपछि यहाँका एक डाक्टरसहित सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाक्टर प्रकाश नेपाली र मेडिकल सञ्चालक विनोद धौलाकोटी रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि झिकाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताए ।

उपचार गर्न आएकी तुलसीपुर उपमहमनगरपालिका ७ पर्सेनी निबासी प्रेमा कुमाल (कलौरी) को पेन्टोप्राजोल नामको सुई चिकित्सकले लगाई दिएलगत्तै मृत्यु भएको पीडित परिवारले बताएको छ । मृतक कुमालको पेट दुखेपछि तुल्सीपुरस्थित ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा उपचार गर्न आएको उपचार गराउन आएकी बुहारी ललिता वलीलले जानकारी दिइन् ।

डाक्टर नेपालीले ट्राइकेन एमपिएस झोल औंषधी र पेन्टोप्राजोल सूई चलाएका थिए । मृतक कमालले भनेको लक्षणका आधारमा औषधी चलाएलगत्तै बिरामीको अवस्था गम्भीर भएपछि मेडिकलले बिरामीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर रिफर गरेको थियो ।

अञ्चल अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडित पक्षले घटनाको सत्यतथ्य छानविन, क्षतिपूर्ति र दोषीलाई कारबाही नगर्दा सम्म शव नबुझने भन्दै विरोध जनाउँदै आएका छन् ।
Source:ratopati

Comments