जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको थियो।
सो पहिरो बिहान ७ः४५ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ। सडक विस्तार गर्ने क्रममा भित्तो काटिएको हुँदा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ। रासस
Comments
Post a Comment