भगवान् पशुपतिनाथले सबैको मनोकामना पूरा गरुन्, तपाईको आजको राशिफल : २०७५ साल जेठ १० गते विहिबार



ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ १० गते विहिबार नेपाल सम्बत ११३८ अनलाथ्व,सन् २०१८ मे २४ तारिक अधिक ज्येष्ठशुक्लपक्ष दशमी तिथि राती८ वजेर ३२ मिनेटसम्म,उत्तरफाल्गुनी नक्षत्र राती १० वजेर ७ मिनेटसम्म,वज्रयोग,तैतिलकरण,आनन्दादियोग मातङ्ग,सूर्य वृष राशीमा,चन्द्रमा कन्या राशीमा । ॐः–राहुकालः–अपरान्ह १÷४३वजेबाट३÷२५वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान५÷११ वजेबाट ६÷५३वजेसम्म रहनेछ, दूरमुहूर्तः–विहान ९÷४४ वजेबाट १०÷३९ वजेसम्म र अपरान्ह ३÷१२ वजेबाट ४÷६ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२८वजेसम्म रहनेछ,गुली कालः–विहान ८÷३६वजेबाट १०÷१८ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ । ॐः–सूर्योदयबाट प्रातः ६÷५५ वजेसम्म शुभवेला,६÷५५ वजेदेखि ८÷३७वजेसम्म रोगवेला,८÷३७ देखि १०÷१९ वजेसम्म उद्वेगवेला,१०÷१९ देखि १२÷१ वजेसम्म चर वेला,१२÷१ देखि १÷४३ वजेसम्म लाभवेला,१÷४३ देखि ३÷२५ वजेसम्म अमृतवेला,३÷२५ देखि ५÷७ वजेसम्म कालवेलार ५÷७ वजे देखि सूर्यास्तसम्म शुभवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷७ वजेसम्म अमृतवेला,८÷७ वजेदेखि ९÷२५ वजेसम्म चर वेला,९÷२५ देखि १०÷४३वजेसम्म रोगवेला,१०÷४३ देखि १२÷१ वजेसम्म काल वेला,१२÷१ देखि १÷१९ वजेसम्म लाभवेला,१÷१९ देखि २÷३७वजेसम्म उद्वेग वेला,२÷३७ वजे देखि ३÷५५ वजेसम्म शुभ र ३÷५५वजे देखि सूर्योदयसम्म अमृत वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष


मेषः– मेहनत बढि गर्नु पर्ला । आफन्तसँग मतभेद बढ्न सक्छ । मच्छेपालन तथा विक्री वितरण,डेरी,खेलकुदजस्ता व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला ।

बृष


वृषः– अलस्यता बढ्नेछ । व्यवसायिक क्षेत्रमा अवनति हुनेछ । सहयोगी भेटिदैन । घर छोडेर हिड्न मन लाग्नेछ । काम गर्ने बातावरण त्यति देखिदैन । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्नेछ ।

मिथुन


मिथुनः–पारिवारिक खर्च बढ्नेछ । मनमा भय त्रास उत्पन्न हुनेछ । काम गरेर जश पाईने छैन । जो आफ्नो ठान्यो त्यहि पराई हुनेछ । काम गर्ने जोश जागर घट्न सक्छ । सम्पतिमा विवाद पर्न सक्छ ।

कर्कट


कर्कटः– सहास,धैर्यता र पराक्रम बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । अधिकाँश काम आफ्नै बाहुवलबाट सम्पादन हुने छन् ।

सिंह


सिंहः– आफन्तबाट कहि कतै अप्ठ्यारो पर्न सक्छ सतर्क रहनु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला,सम्पतिमा दाग लाग्न सक्छ । व्यापारबाट खासै लाभ लिन सकिने छैन ।

कन्या


कन्याः– मनबाट भ्रम हटेर जानेछ । योजना बनाएर अगाडि बढ्नुहोला सफल हुनुहुनेछ । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ । मनोरञ्जनात्मक क्रियाकलाप बढि हुनेछन् । सहयोगी मन भेटिने छन् ।

तुला


तुलाः– दिन प्रतिकुल बढि देखिन्छ जोखिम मोलेर काम नगर्नु होला । धर्म संकटमा परिनेछ । आफ्नो सोचाईको विपरित काम हुने छन् । अनावस्यक काममा समय र धन लगानी हुनेछ । धोका दिनेछन् ।

बृश्चिक


वृश्चिकः– भाग्य र कर्म दुवै बलियो देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । राज्यकोषबाट लाभान्वित हुनुहुनेछ । व्यापारबाट आम्दानी राम्रो हुनेछ । कुटनैतिक विधि अप्नाई काम गर्नु होला ।

धनु


धनुः– स्वाथ्यमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । अधुरा काम फस्र्योट हुने छन् । लेन देन कारोवारमा सुधार आउनेछ । अरुको भर विश्वासमा मात्र काम नगर्नु होला ।

मकर


मकरः–ध्यान दिनुहोला,इज्जत प्रतिष्ठामा आच आउन सक्छ । काम गरेर नाम न जश खरानी घस हुन सक्छ विचार पु¥याउनु होला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । उपलब्धि विहिन यात्रा हुनेछ ।

कुम्भ


कुम्भः– मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । काम गर्न मन लाग्ने छैन । अनावस्यक काम धेरै हुने छन् । आम्दानीका स्रोत घट्ने छन् ।

मीन


मिनः–समयले साथ दिनेछ । पारिवारिक सहयोग मिल्नेछ । कल्पना र सपना साकार हुनेछन् । कार्य क्षमता बढ्नेछ । वैदेशिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

Comments