सुष्मा कार्की भुत बनेर सडकमा निस्किँदा भागाभाग (भिडियोसहित)


काठमाडौँ। अभिनेत्री सुष्मा कार्की सुनसान सडकमा भुतको रुपमा देखा पर्दा धेरैको सातो नै खुस्किएको थियो । सुनसान र रातको समयमा भुतको रुपमा देखिएकी नायिका सुष्मालाई देखेर सडक गल्लीमा हिँडिरहेका धेरै बटुवा डरले भागाभाग गरेका थिए ।

मुखमा कालो दलेर पहिरन पनि डरलाग्दो पहिरिएकी अभिनेत्री सुष्मा निकै डरलाग्दो अवतारमा देखिएकी थिइन् । उनलाई देख्‍नासाथ तर्सिएर भाग्नेहरुलाई सुष्माले प्रयांक मात्रै गरेको बताउँदा मात्रै धेरै बटुवाले लामो सास फेरेर आफ्नो बाटो लागेका देखिन्थे । हेर्नुस् भिडियो।

Comments