नेपालमा सरकारी स्कूलमा कडाई पुगेको छैन। कुनै शिक्षक स्कूल नै आउदैनन, आए पनि राम्रोसँग पढाउदैन। कोही शिक्षक कक्षा कोठामै निदाउँछन! कोही कुरा धसेर समय बिताउछन! यस्तो गर्न पाईन्छ? सरकार कहाँ छ? विचरा विद्यार्थीहरू तिन डाँडा काटेर पढ्नको लागि आएको छन, त्यो सोचेको खोई त शिक्षकले?
आफ्नो छोरा छोरी बोडिङ्ग पढाउछन अनि सरकारी स्कूलमा अरूको छोराछोरीलाई जे गरेनि हुन्छ भन्ने यस्ता मास्टरहरूलाई जन्ताले मुख खोलेर विरोध गरौँ l यस्तो शिक्षकहरूलाई कडाभन्दा कडा कार्बाही हुनु पर्यो। जनचेतनाको लागि सबैले यो शेयर गर्नुस्
अन्या समाचार
यात्रुको ७ लाख ५५ हजार रुपैयाँ लिएर फरार भएका ट्याक्सी चालक पक्राउ
ट्याक्सीमा यात्रुले छोडेको ७ लाख ५५ हजार रुपैयाँ फिर्ता नगर्ने ट्याक्सी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरिय प्रहरी परिसर काठमाण्डौले सोमबार पत्रकार सम्मेलन गर्दै ट्याक्सी चालकले पैसा भएको झोला नदिई फरार भएपछि अनुसन्धान गरी ट्याक्सी चालकलाई पक्राउ गरेको जनाएको हो । बुधबार ट्याक्सीमा बल्खुबाट कमलादीसम्म जाने क्रममा बारा जितपुर सिमर नारायण प्रसाद पाठकले ७ लाख ५५ हजार रकम भुलेका थिए, ट्याक्सी चालकले पैसा भएको झोला नदिइ फरार भएपछि पाठकले प्रहरीमा उजुरी गरेका थिए ।
सिसिटिभी फुटेजका आधारमा बा १ ज ३६५ नम्बरको ट्याक्सीका चालक २९ वर्षीया अशोक थापालाई नियन्त्रणमा लिएको परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । त्यस्तै प्रहरीले २० ग्राम अबैध लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सुरुङ्गा नगरपालिका स्थायी घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने २९ वर्षीय कर्णबहादुर सार्की र झापा सुरुङ्गाकै २६ वर्षीय रुद्रबहादुर सार्की रहेका छन् । त्यस्तै बिभिन्न १४ मसलसकका मुद्रा सहित एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
Comments
Post a Comment