कार्गो विमान दुर्घटनामा नयाँ तथ्य खुल्यो ( सेनाले उद्धार गर्दा देखिएका ४ तस्विर सहित )

बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकामा मकालु एयरको विमान दुर्घटनाग्रस्त हुँदा क्याप्टेन किरण भट्टराईसहित दुई जनाको मृत्यु भएको छ । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोटतर्फ उडान भरिरहेको मकालु एयरको विमान आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।
सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको भन्ने जानकारी सिमिकोट विमानस्थललाई नभएको तथ्य खुलेको छ । ‘एचएफ मेसिन’ले काम नगरेको र ‘ल्यान्डलाइन’ फोनलेसमेत काम नगरेकाले जहाज उडेको जानकारी नै नभएको सिमकोट विमानस्थल प्रमुख गौरीशंकर साहले बताएको खबर इमेज खबरमा
नृपराज हमाललेलेखेका छन ।
बुधबार बिहान ८ बजेभन्दाअगाडि एचएफ मेसिनले प्रभावकारी काम नगर्ने भएकाले सन्चारमा त्रुटि देखिएको साहको भनाइ छ ।
सो विमान हराएको थाहा पाएको दुई घन्टामा नै दुर्घटनाग्रस्त अवस्थामा विमान फेलापारेको उनले बताए ।
बुधबार बिहान करिब साढे १० बजेमात्र दुर्घटनाग्रस्त विमान पत्ता लागेको थियो ।
तस्बिरः सौजन्य–नेपाली सेना, रासस

Comments