भर्खरै अभिनेता मिथुन चक्रवर्तीको बारेमा आयो यस्तो दुखद खबर



मुम्बई । बलिवुडका एक समयका सुपरस्टार अभिनेता मिथुन चक्रवर्ती स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् । भारतीय मिडिया रिपोर्टका अनुसार मिथुनले दिल्लीमा आफ्नो उपचार गराइरहेका छन् । लामो समयदेखि आफ्नो ढाडको समस्याबाट ग्रसित रहेका मिथुन पछिल्लो समय हाइबरनेशनबाट ग्रसित रहेका छन् । अहिले दिल्लीमा मिथुनले हाइबरनेशनको उपचार गराइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार सन २००९ मा इमरान खान र संजय दत्तसँग सँगै फिल्म ‘लक’ को सुटिंगका क्रम स्टन्ट गर्नेक्रममा मिथुनलाई चोट लागेको थियो । फिल्मको एक सिनमा मिथुन हेलिकप्टरबाट कुद्ने सिनको स्टन्ट गर्दा तल झरेका थिए । यति बेला देखि नै मिथुन ढाड दुख्ने समस्याबाट ग्रसित बनेका हुन् ।

पछिल्लो पटक मिथुनले आयुष्मान खुरानासँग हवाईजादा फिल्ममा अभिनय गरेका थिए । तीन पटकसम्म भारतीय नेशनल अवार्ड जितेका मिथुन अहिले मिथुन फिल्ममा भन्दा टेलिभिजनमा रियालिटी शोहरुमा व्यस्त रहेका छन् ।

Comments