सिमाना विवाधका कारण बन्चरोले हानी एकैसाथ ४ व्यक्तिको हत्या!



एजेन्सी,भारतको झारखण्ड राज्यमा पर्ने पाकरतन्रा क्षेत्रमा एक बालक सहित चार व्यक्तिको हत्या भएको खबर आएको छ। यस मामला बाहिर आए संगै भारतीय प्रहरीले एक व्यक्तिलाई पक्राउ गर्न सफल भए पनि अन्य व्यक्ति भने फरार भएको खबर सम्प्रेषण भएको छ। मृत्यु हुनेहरुमा निसतोर सोरेंग (७०), राकेश सोरेंग (३५), कर्मिला सोरेंग (३०) तथा एक ५ वर्षीय बच्चा फिलमोन सोरेंग रहेका छन्। हत्या हुनेहरु सबै आफन्त पर्ने पनि खबर आएको छ।

जग्गाको विषयमा विवाध शुरु भएको थियो भने त्यस विवाधले उग्र रुप लिँदा हत्या काण्ड भएको प्रहरीको बुझाई रहेको छ। सिमाना विवाधका कारण शुरुमा आरोपी संजय संगीजले बन्चरो प्रहर गरेसँगै सोरेंग परिवार प्रतिकारमा उत्रिएको थियो। तर निहत्था त्यस परिवारका विरुद्धमा सहयोगीको रुपमा निर्मल, विनय र पुनीत मिलेर अन्य व्यक्तिहरुको खुट्टा काटेर हात्या गरेको खुल्न आएको छ। हत्या गरेसँगै सम्पूर्ण अभियुक्त भागेसँगै प्रहरी घटना स्थानमा आइपुगेको हो। भागेका आरोपी मध्य पुनीत पक्राउमा आए पनि अअन्य आरोपिको भने खोजि कार्य जारि रहेको प्रहरीले जानकारी दिएको हो।

Comments