काठमाडौँ । युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’मा एक मात्र महिला मेम्बर हुन् आश्मा विश्वकर्मा । लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्मालाई ग्रुपमा सबैले माया गर्छन् । सरोज अधिकारी लगायतका सबै साथीहरूले उनलाई कार्टुन्ज क्रुकी रानी भएको बताउँछन् । आश्माले आफ्नो डान्स मार्फत सबै नेपालीको मनमा बस्न सफल भएकी छिन्। उनको नृत्य त सुन्दर छ नै साथै उनी राम्री पनि उत्तिकै छिन्। आश्मा नेपालकी पहिलो बी र्गल हुन्। उनी अहिले निकै लोकप्रिय भएकी छिन्।
हालै मात्र उनले अहिलेको चर्चित गीत डामे टो कोसितो को कभर डान्स भिडियो बनाएकी थिइन् र यो भिडियो अहिले देशभर भाइरल भएको छ। हुन त यस गीतमा संसारका विभिन्न राष्ट्र र ठाउँहरूबाट बूढा बूढी देखि लिएर बच्चाहरूले समेत कभर डान्स गरेका छन् जसमध्ये आश्माको कभर डान्सलाई धेरैले मनपराएका छन्।आश्माको कभर भिडियो यो समाचार तयार पार्दासम्म करिब २ करोडले हेरेका छन् भने विश्वभरिबाट राम्रो राम्रो तारिफ आएको छ। भिडियो द कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
Comments
Post a Comment