काठमाडौं। काँग्रेसको भातृसंस्था नेविसंघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भएका गतिविधिको विरोधमा चक्काजाम गरेको छ । विहान ९ देखि १० बजेसम्म नेविसंघले त्रिचन्द क्याम्प अगाडि चक्काजाम गरेको हो ।
भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले कुटनीतिक मर्यादा मिचेको र भारतीय सेना नेपाल आएको लगायतका विषयमा चक्का जाम गरिएको हो । भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित भाषण गरेपछि कार्वाहीको माग गर्दै नेविसंघ सडकमा उत्रिएको हो ।
मंगलबार बिहान राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम, जुलुस र र्याली गर्दै नेविसंघले अब देश रक्षाका लागि नेविसंघ मैदानमा उत्रिएको बताएको हो ।
सभालाई संवोधन गर्दै नेविसंघका महामन्त्री कुन्दन काफ्लेले आजादको भनाइ सार्वसत्ता सम्पन्न राष्ट्रमाथिको प्रहार हो भन्दै कार्वाही गर्नुपर्ने माग गरे । उनले भारतीय जनता पार्टीले पनि आजादलाई कार्वाही गर्न माग गर्दै नेपाल सरकारलाई कुटनीतिक तवरबाट कार्वाहीका लागि दवाव दिन माग गरे ।
काफ्लेले घटनाको घोर भर्सना गर्दै अब कसैले देशको सार्वभौममाथि आँच आउने कदम चाल्छ भने त्यसलाई नछाडिने बताएका छन् ।
केन्द्रिय सदस्य सुशील भट्टले बताए । नेविसंघको चक्काजामका कारण त्यसक्षेत्रको यातायात सेवा प्रभावित भएको छ ।
Comments
Post a Comment