फेरि आयो सारा नेपाली रुहाउने खबर …पूरा हेरि सक्दो शेयर गर्नुहोस



प्यूठान – कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानको खलंगाका लागि छुटेको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ ।मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत २५ बर्षिय हरि बहादुर मल्ल, कैलाली चौमालाका २६ बर्षिय चालक बिर बहादुर थारू, कर्णाली चिसापानीकि सरिता चन्द र प्यूठान गौमुखी १ अर्खा निवासी १७ बर्षिया हिरा टोमटा रहेको प्रहरीले जनाएको छ ।

ना ४ ख १८७६ नम्बरको रात्री बस भालुवाङ-प्यूठान सडकखण्ड अन्तर्गत प्यूठानको सरुमारानी गाउँपालिका वडा नं ४ स्थित पाकुरी भन्ने स्थानमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बस काटेर शव निकालिएको छ । दुर्घटनाका बारेमा आइतबार बिहान ३ बजे जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमाण्डमा ४० जनाको टोली घटनास्थलमा खटिएको छ ।बस सडकबाट झण्डै दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । बसको हेडलाइट बिग्रँदा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा घाईते हुनेहरु:

मल्लरानी गाँऊपालिका–३ का तिर्थराज पोख्रेल (बर्ष ३८)गुल्मी अग्लुङ तारा विष्ट (४५)दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा (२५)जगदिस खत्री (२५)रिगल खात्री (२)प्यूठान नगरपालिका–३ साढेखाला इश्वर खड्का (२६)महेन्द्रनगर कंचनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर (२३)मल्लरानी गाँऊपालिका चुँजाठाटीका सुश्मा चौधरी (२०)बैतडी पुचौडि नगरपालिका–६ प्रकाश सावतचितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्र प्रसाद तिमलसिना (७३)रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर विक (४४)

सपना विक (१६गौमुखी गाँऊपालिका–४ का थमजीत विक (१५)कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी (२२)झिमरुक गाँऊपालिका–३ का प्रेम केसी (२१)प्यूठान नगरपालिका–१० दहखोला का गोमा गिरी (४९)उनीहरुके जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।

अन्य अस्पतालमा रिफर गरिएकाहरुः

माण्डवी गाँऊपालिका–१ का बसन्त शर्मा (३८)रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार (२५)दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल (७०)रुपन्देही कन्चन गाँऊपालिका–३ का गोविन्द अर्याल (३५)हिमला पोख्रेल (२९)

Comments