घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन। घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ।
जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन। घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ।
आफैंलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनै परे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा उल्लेख छ।
यो पनि पढ्नुहोस
भारतीय प्रधानमन्त्री मोदीको चुनावी क्षेत्रकाे आकाशेपुल खस्दा १२ जनाको मृत्यु !
भारतको बनारसमा आकाशेपुल खसेकाे छ । उक्त पुलकाे मुनी केहि मानिसहरू थीचिएकाे अाशंक गरिएकाे भारतीय मिडियाले उल्लेख गरिएकाे छ ।
निर्माणधीन आकाशेपुल खस्दा १२ जनाको ज्यान गएको छ । घटनापछि बनारसका जिल्ला प्रशासन तथा प्रहरी अधिकारीहरु घटनास्थलमा पुगिसकेका छन् । यो क्षेत्र केण्ट रेल स्टेशन नजिकै जिटी रोड कमलापति इण्टर कलेजको अगाडि पर्छ ।
घटनास्थलमा कति गाडीहरु दबिए र कतिकाे ज्यान गए भन्ने कुरा पत्ता लागेकाे छैन । उक्त क्षेत्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र हो । प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका थिए ।
मुख्यमन्त्री योगी आदित्यनाथले निर्माणाधीन पुल खस्नु दुखद् भएको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिवद्धता जनाएको छ । घटनास्थलमा स्थानीय, प्रहरी तथा उद्धारकर्मीहरु उद्धारमा जुटिरहेका छन् ।
यो पनि पद्नुहोस
आजदेखि लागु हुदै नया नियम ! छोरी जन्मिए खातामा २५ हजार, २० वर्ष नपुग्दै बिहे गरन नपाइने ,बिहे गरे जेल …छोरीलाई माया गर्नेले शेयर गर्नुहोस् !
रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । छोरीको पहिचान गरी गर्भपतन नगरून भनेर स्थानीय तहले विशेष अभियान सञ्चालनको तयारी गरेको हो ।गाउँपालिकाले चालू आर्थिक वर्षमा एक करोड २१ लाख बजेट बिनियोेजन गरिसकेको छ ।
छोरा जन्माउने आशामा छोरी भए गर्भपतन गर्ने क्रम बढेकाले रोक्नलाई यस किसिमको कार्यक्रम अगाडि बढाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले कार्यक्रमले गर्भपतन र बालविवाह रोक्ने विश्वास लिएको बताए ।२५ हजारको मुद्दती खाता गाउँपालिकाले बालिका संरक्षण कार्यक्रमअगाडि बढाउन कार्यविधि बनाउने जनाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक बालिका जन्मेपछि मुद्दती खाता खोलिनेछ ।
सो खातामा गाउँपालिकाले २० हजार र अभिभावकले ५ हजार रुपैयाँ राख्नुपर्नेछ । मुद्दती खाता बालिकाको नाममा खोलिनेछ । विपन्न परिवारका लागि भने ५ हजार जम्मा गर्न अनिवार्य नगरेको प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । त्यसका लागि सो वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्नेछ ।बैँकहरूसँग प्रस्ताव माग गाउँपालिकाले कार्यक्रम सञ्चालनका लागि बैँकहरूसँग ब्याजदरको प्रस्ताव पेस गर्न आब्हान गरिसकेको छ । २० वर्षे मुद्दती खाता धेरै ब्याज दिने बैँकमा खोल्ने तयारी छ ।
गत साउन यता जन्मेका बालबालिकाका लागि यो कार्यक्रम लागु हुनेछ । बैँकहरूबाट प्रस्तावहरू आएपछि अध्ययन गरी काम अगाडि बढाउने गाउँपालिकाले जनाएको छ ।बैँकको टुंगो लागेपछि बालिकाको जन्मदर्ता, वडा कार्यालयको सिफारिसपछि गाउँपालिकाले खाता खोलिदिने नेपालले बताए । लिंग पहिचान गरी गर्भपतन गर्नु अपराध नेपालको कानुनले गर्भपतनलाई अपराध मानेको छ । वरिष्ठ अधिवक्ता विनोद गौतमले पहिचानका आधारमा गर्भपतन गर्नुलाई गम्भीर अपराधका रूपमा लिइने बताउँछन् ।
Comments
Post a Comment