८ फोटोमा हेर्नुहोस् ‘गर या मर’को खेलमा मुम्बइले जित्दा अम्बानी परिवारको खुसी

bannerमुम्बइ। आइपिएल २०१८ को ५० औं खेलमा मुम्बइ इण्डियन्सले किंग्स इलेभेन पंजाबलाई ३ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको पंजाबले २० ओभरमा ५ विकेटको क्षतिमा १८३ रन मात्र बनाउन सक्यो । 
मुम्बइको लागि यो खेल कुनै हालतमा जित्नै पर्ने थियो । यही कारण जीतपछि टिमका खेलाडीसँगै टिमका मालिक पनि निकै खुसी देखिए । यस क्रममा टिमकी मालिक नीता अम्बानी आफ्ना छोरा आकाशलाई अंकमाल गर्दै गरेकी देखिइन् । आकाश पनि सबै खेलाडीसँग उत्साहित रुपमा भेटे । खेल जितेपछि नीताले पंजाबकी मालिक प्रिती जिन्टासँग पनि भेटिन् । यद्यपि यस क्रममा प्रिती निकै निराश देखिएकी थिइन् । अब मुम्बइले आफ्नो लिग चरणको अन्तिम खेल भोलि खेल्दैछ । प्लेअफमा पुग्नको लागि मुम्बइले दिल्लीविरुद्ध हुने यो खेल पनि जित्नै पर्ने स्थिति छ ।

Comments