सन्दिप लामिछाने चम्किएपछि दिल्लीले मार्यो बाजी, दिल्लीसँग ११ रनले हारेपछि आईपीएलबाटै मुम्बई आउट



काठमाडौं । नेपाली चर्चित युवा खेलाडी सन्दिप लामिछाने चम्किएको मुम्बई इन्डियन्स विरुद्धको खेलमा दिल्लीले ११ रनले जित निकालेको छ । आइतबारको हारसँगै मुम्बई प्ले अफमा पुग्ने संभावना पनि गुमाएको छ । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

मुम्बईलाई सस्तैमा समेट्ने क्रममा सन्दिपसँगै अमित मिश्राले समान ३ -३ विकेट लिएका थिए । दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिएर अर्को किर्तीमानी बनाउन सफल भए । सानो उमेरमा नै ठूलो प्रगती गरेका सन्दिप आजको शानदार प्रस्तुतीसँगै नेपालीहरुमाझ मात्रै नभई विश्वकै क्रिकेट प्रेमीहरुका बिचमा चर्चाको शिखरमा रहेका छन् । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

Comments