हाल सञ्चालनमा रहेको चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने १७ किलोमिटरको सो सडकको आज रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गरेसँगै सेनाले त्यसको जिम्मा मन्त्रालयलाई सुम्पिएको हो ।
चिनियाँ नाका रसुवागढी जोड्ने सबैभन्दा छोटो बाटो मैलुङ–स्याफ्रुबेंसी सडकको ट्रयाक खोलेर नेपाली सेनाले आज भौतिक पूर्वाधार यातायात मन्त्रालयलाई हस्तान्तरण गरेको छ । हाल सञ्चालनमा रहेको चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने १७ किलोमिटरको सो सडकको आज रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गरेसँगै सेनाले त्यसको जिम्मा मन्त्रालयलाई सुम्पिएको हो ।
यो सडक सञ्चालनमा आएपछि राम्चेको पहिरो रहेको खण्ड हुँदै रसुवागढी जानुपर्ने बाध्यता अन्त्य हुनेछ । अब मैलुङबाट स्याफ्रुसम्म सेनाले बनाएको नयाँ सडकबाटै यात्रा गर्न सकिन्छ । ट्रयाक निर्माण सम्पन्न भएसँगै गल्छी त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी हुँदै रसुवागढी पुग्न धुन्चे हुँदै जानुभन्दा करीब ३० किलोमिटर छोटो पर्ने छ । नवनिर्मित दुई लेनको फराकिलो सडकलाई दुई वर्षसम्म भने वर्षाको समयमा सञ्चालन गर्न नमिल्ने नेपाली सेनाको प्राविधिक टोलीले जनाएको छ । वर्षातको ४ महिना सवारी साधन सञ्चालन गर्दा जोखिम हुने निर्माण कार्यमा संलग्न रहेका सेनाका अधिकारीहरुले बताएका छन् । दुई लेनको यो सडक निर्माण २०७२ को बैशाखबाट निर्माण सुरु भएको थियो । सुरुमा सिङ्गल लेनको ७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सेनाले भूकम्प पछि थप १० किलोमिटर सहित दुई लेनको सडक निर्माण गर्ने जिम्मेवारी पाएको थियो ।

Comments
Post a Comment