Skip to main content
वास्तुटिप्स: घरमा मनी प्लान्ट छ भने भुलेर पनि यस दिशामा नराख्नुहोस, भईन्छ कंगाल!
धेरै जसो मानिसहरु आफ्नो घर र अफिसमा मनी प्लान्टको बिरुवा लगाउने गर्दछन् । मान्यता अनुसार यसलाई घरमा लगाउनाले घरमा पैसा भित्रिने गर्दछ या शुभ दिन आउँछ। तर यसलाई घरमा या अफिसमा राख्ने समयमा भने व्यक्तिहरुले भुल गरिरहेका हुन्छन्, जसको परिणाम नकारात्मक पनि आउने गर्दछ । वास्तुशास्त्रको अनुसार यदि तपाइले मनी प्लान्टलाई गलत दिशामा राख्नु भएको छ भने तपाईलाई लाभ हुनुको सट्टा नोक्सान हुन थाल्दछ । यसबाट तपाइको घरको आर्थिक स्थितिमा निकै नराम्रो असर पर्न सक्छ १. मनी प्लान्टलाई कहिले पनि उत्तर-पूर्व दिशामा नराख्नुहोस्, यस दिशामा राख्नाले आर्थिक नोक्सानको सम्भावना बढ्ने गर्दछ । यसको साथै सम्बन्धमा पनि नकारात्मक असर पर्ने गर्दछ । २. मनी प्लान्टलाई भुईतिर झार्न अथावा फैलिन दिनु हुदैन । यसलाई सधै घरको माथितिर फैलिन दिनु पर्दछ । ३. मनी प्लान्टलाई ओइल्याउन दिनु हुदैन, प्रत्यक दिन यसलाई पानी हाल्नु पर्दछ । ४ मनी प्लान्टलाईलाई कहिले पनि पूर्व-पश्चिम दिशामा राख्नु हुदैन । मान्यता अनुसार पूर्व-पश्चिम दिशामा मनी प्लान्ट लगाउनाले पति-पत्नीको सम्बन्धमा तनाव आउने गर्दछ । ५. वास्तुशास्त्र अनुसार मनी प्लान्टलाई दक्षिण पूर्वमा राख्नु राम्रो हुन्छ। किनकि यो दिशा भगवान गणेशको हो र यस दिशाको प्रतिनिधि शुक्र ग्रह हो ।
Comments
Post a Comment