विमानस्थलबाट गाई छिराउन खोजेपछि…. (भिडियो)

काठमाडौँ : सुरवीर पण्डित, सुरेन्द्र केसी, सुरज चापागाईँ, पल्पसा डंगोल, जानुका पौडेल, राजु पौडेल मरिचमान श्रेष्ठ, अजय रेग्मी, सुदिप खतिवडा (एस जोडी) लगायतका कलाकारको मुख्य भूमिका रहेको टेलिश्रृङखला ‘मेरी बास्सै’को ५ सय ५० औ अंकमा सार्वजनिक भएको छ ।
यस अंकमा बिमान स्थलबाट सुन तस्करी गर्ने गरेको बिषयमा व्यंग्य हानेको देख्न सकिन्छ ।
पछिल्लो समयमा ‘मेरी बास्सै’मा मनराज श्रेष्ठको लेखन तथा निर्देशन छ । यस अघि सीताराम कट्टेल उर्फ धुर्मुस र कुञ्जना घिमिरे उर्फ सुन्तलीको लेखन तथा निर्देशन रहेको यस टेलिश्रृङखलालाई गत सातादेखि मनराजले निर्देशन गर्न थालेका हुन् भने लेखन पनि उनकै छ ।
सीताराम र कुञ्जना सामाजिक काममै व्यस्त भएका कारण ‘मेरी बास्सै’को लेखन र निर्देशनको जिम्मा मनराजले पाएका हुन् ।
दिलिप बिष्टको छायाकंन रहेको यस टेलिश्रृङखलालाई रबिन भट्टले सम्पादन गर्दै आएका छन् ।

Comments