Skip to main content
पण्डित श्रीनिवासलाई अनुसन्धानका लागि १२ जेठसम्म हिरासतमा राखिने –
आफैलाई गोली हान्न लगाउने आरोपमा पक्राउ परेका पण्डित श्रीनिवास आर्चायलाई १२ जेठसम्म हिरासतमा राख्नका लागि प्रहरीले अनुमति पाएको छ । आफ्ना अंगरक्षकलाई आफैँ गोली हान्न लगाएर धार्मिक सदभाव भडकाउन खोेजेको आरोपमा पक्राउ परेका २६ वर्षीय पण्डित श्रीनिवासलाई १२ जेठसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने गरी जिल्ला प्रशासन मोरङले अनुमति दिएको हो ।
मोरङ प्रहरीले श्रीनिवासलाई नियन्त्रणमा लिएपछि २५ वैशाखमा हातहतियार तथा खरखजाना मुद्दामा पहिलो पटक जिल्ला प्रशासन मोरङमा दश दिनको म्याद थप गराएको थियो । दोस्रो पटक ३ जेठदेखि लागू हुने गरी १२ जेठसम्मको म्याद थप गराएको हो । प्रहरीले नियन्त्रणमा लिएका आरोपीहरुलाई २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाउँछ ।
हातहतियार खरखजाना ऐन २०१९ अनुसार कसुर ठहर भएमा पण्डित अर्चायलाई एक बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।
पण्डित श्रीनिवास अस्पतालको हिरासतमापक्राउ परेपछि आफू गम्भीर बिरामी भएको बताएपछि मोरङ प्रहरीले पण्डित श्रीनिवासलाई कोशी अञ्चल अस्पताल भर्ना गराएको छ । अझै अस्पतलामा रहेका उनलाई कडा सुरक्षा र निगरानीमा राखिएको छ ।
Comments
Post a Comment