मोडल/गायिका लक्ष्मी आचार्य 'मस्त जवानी'

newsabhiyan

न्यूज अभियान, काठमाडौ । गायिका लक्ष्मी आचार्यले आफ्नो पछिल्लो गीत ‘मस्त जवानी’को भिडियो दर्शकमाझ सार्वजनिक पछी निकै चर्चामा छिन् । आम दर्शक पाठकले गीतलाई मन पराएर प्रतिक्रिया दिई रहेका छन् ।

बिगतका दिनमा लोकगीत गाउँदै आएकी चर्चित लक्ष्मीको 'मस्त जवानी'ले चलचित्रमा राखिने आइटम गीतको झैँ छनक दिन्छ । भिडियोमा मोडल सुष्मा अधिकारी कामुक अवतारमा प्रस्तुत भएकी छिन् । गीतमा गायिका लक्ष्मीले पनि मोडलिङ गरेकी छिन् ।

कैलाली टीकापुर मोतीनगरकी लक्ष्मी विगत ५ वर्षदेखि गायन क्षेत्रमै रमाईरहेकी छन् । दोहोरी गायनबाट कलाक्षेत्रमा हाम फालेकी लक्ष्मीले तिन चर्चित लोकदोहोरी एल्बम पनि दिई सकेकी छन् । लक्ष्मीका ‘नजिक–नजिक सर्छन्’, ‘तीन साल अमेरिका’, ‘यो मोरीको घैँटोमा कहिले घाम लाग्ने हो’, ‘पाउजु बजाउँछु म’ बोलका दोहोरी भाका गीत पछिल्लो समय निक्कै चर्चित छन् । हट मोडेल एवं गायिक लक्ष्मी आचार्यको भित्रि गोप्य कुरा बाहिरियो - भिडियो सहित

Comments