यो ब्यस्त शहर,झन् ब्यस्त यहाँका मान्छेहरुको जनजीवन। अझ गाउँबाट शहर छिरेका मान्छेहरु त बिहान घाम झुल्केदेखी नै नअस्ताउन्जेलसम्म मेसिन चले झै चल्नुपर्थ्यो। त्यँहामाथी अझ राजधानी काठमाडौ, यहाँका मान्छेको हृदयमा दयामाया भन्ने रत्तिभर पनि हुन्न। मैले यसलाई त गिद्धहरुको शहर भनेर उपनाम भिराइदिएको छु। म एक जिम्मेवार पुरुष जसको काँधमा जिम्मेवारीको भारी पृथ्वीको तौल बराबर छ।
पृथ्वी त सायद आफ्नो छातीमाथी बोझ बढी भएर हुँदो हो बेलाबेलामा ज्वालामुखी बिस्फोट, भुकम्प, पहिरोजस्ता महाप्रलयहरुले दिनप्रतिदिन रेडियो, टिभीको प्रमुख समाचार र अखबारहरुको हेडलाईनले मुख्य पृष्ठ ओगटेको हुन्थे। तर मैले त आफू हल्लिन समेत पाएको थिइन र मिल्ने पनि थिएन। बेलाबेलामा जिन्दगीदेखि बैराग्यता नपलाएको पनि हैन आफ्नो पारिवारिक झमेलाले गर्दा बितृष्णा नजागेको पनि हैन। तर मुक्ती चाहिन। जीवनको जस्तो सुकै प्रलयमा पनि हार मानिन्। घरमा आँखामाथी पानी चढेका बृद्ध बाआमा थिए, लाउ लाउ र खाउ खाउ उमेरकी श्रीमती थिइन्। टुकुटुकु हिड्नसक्ने छोरी सबु, अनि भर्खरै दुइटा दात पलाएको छोरो थियो।
म परिवारलाइ बोझ मान्दिन। एउटा छोराको अभिभारा, श्रीमानको कर्तब्य र बाउको दायित्व थियो सब मेरो। बाआमाले आफ्नो गाँस काटाएर मेरो स्कुलको फि नतिरेका भए सायद अहिले म यो अवस्थामा हुने थिइन। २०६२ सालमा एस. एल. सि. दिएर राजधानी पसि एउटा सानो डेराभित्रबाट गुज्रिएर सुरु भएको मेरो जीवन २०६७ सालमा राजधानी नै बस्ने चितवनकी आशा तामाङसँग अन्तरजातीय बिबाह गरेको थिए। २०७२ साल बैशाख १२ गते गएको भुकम्पले गाउँ नै सखाप भएपछी बाआमालाइ पनि यहि शहर लेर्याएर अर्को डेरा थपी फराकिलो बनाएको थिए; मेरो आशाको मन जस्तै।
आशा! मेरि श्रीमती। म रुपको हैन दिलको पुजारी हुँ। होलान् उ केहि कमजोरी होला म भित्र पनि असंख्य कमजोरी होला तर हाम्ले सम्बन्धलाई कहिल्यै दाउमा राखेनौ। कमजोरिहरु औल्याउँदै अनि सुधार्दै र सम्बन्ध मजबुत बनाउदै गयौं। उसले धेरै पहिला मैले तलब नपाई जागिरबाट निकालिदिएपछी काधमा मुन्टो राखी ढाडस दिएकी छ। भान्सामा चामल सकिदा मन्दिरबाट अक्षता बटुलेर लेर्याइ `बाबाको र मेरो आज व्रत हो तिमिहरु खाओ´ भन्दै छोराछोरिको पेट भरेकी छ। बाआमाको प्यारी बुहारी बनेकी छ ।
हाम्रो सम्बन्धलाई समाजले अझै स्विकारेको छैन तर त्यस्ती दिलदार भोटिनिको लागि म यो समाजसग जस्तोसुकै परिस्थितिको सामना गर्न हरपल तयार थिए र छु पनि। सायद मेरा बाआमाले पनि अन्तरजातीय बिबाह गरेर होला मेरो बाआमा म र आशाको बिचमा कहिल्यै तगारो बन्नुभएन। त्यो भन्दा ठूलो अहोभाग्य मेरो लागि के नै हुनसक्थ्यो र?
आमा पहिला पहिला सुनाउनुहुन्थ्यो `तलाइ बुढेसकालमा पा’को मैले´ भनेर। बिहा हुदा नै आमाको उमेर तीस र बाको पैतिस थियो रे। त्यामाथी सातवटा छोरीहरु जन्मिएपछी मात्रै म जन्मिएको। अहिले म सत्ताइस बर्ष हुदा बुढेसकालले बाआमाको आँखामाथी पानी चढाउनु कुनै नौलो कुरा थिएन। म निजामती कर्मचारी। पेशा सम्मानित नै थियो। सानले सिंहदरबार पस्थे जागिर खान। यो शहरमा घरहरु अनगिन्ती छन। तर आफ्नो छैन। अर्काकै घरमा भएपनी भाडा तिरेर श्रीमतीलाई सानो तिनो पसल खोलिदिएको थिए। बिहान पसलमा म बस्थे आशा भान्साको काम गर्थिन। मेरो लागी हटकेसमा खाना प्याक भएर बसेको हुन्थ्यो। म हतार हतार हटकेस बोकेर सिंहदरबार तिर कुद्थे। बेलुका पनि उहीँ थियो मात्र न मलाइ हटकेस पर्खिन्थ्यो न मलाइ हतार नै हुन्थ्यो अपिस पुग्न। बेलुका पसल बन्द गरेर आएपछी सबै परिवार वरिपरि बसेर खान्थेम। साच्चै एक हिसाबले मेरो लागि पारिवारिक सुख स्वर्गीय थियो।
जिन्दगीको सत्ताइस वटा खडेरिका खुड्किला पार गरिसक्दा रोजगारी भएको भर्खर दुई बर्ष मात्र भएको थियो। जुन स्वाभाविक पनि हो। हाम्रो नेपालमा पढाइ पूरा गर्न जिन्दगीको एक भाग बितिसकेको हुन्छ। अझ मैले त आफ्नो औपचारिक पढाई सक्ने बित्तिकै जागिर पाएको थिए। अझै पनि कतिपय मेरा सहपाठिहरु `एउटा सानोतिनो जागिर मिलाइदे न यार´ भन्दै छन्। एक मनले आफ्नो जिन्दगी देखेर बेलाबेला खुसी पनि लाग्छ। परेको बेला दुइचार लाख खर्च गर्न बैंकमा पैसा पनि बचत छ , तामाको मुना जस्तै छोराछोरी हुर्किदैछन्। संसारमै खोजेर नपाइने सुन्दरी र सुशील श्रीमती छ। हरबखत उपदेश दिने बाआमा छन। उसो त पुर्ण रुपमा ब्यबहारिक भैसकेको थिए। तर पनि खै किन हो मनले घर अफिस, अफिस घर भनेर दिक्क मानिरहेको थियो। कहिलेकाही मन बैरागिन्थ्यो, खाएर मोजमस्ती गर्दै हल्लिदै हिड्नुपर्ने उमेरमा कति छिटो ब्यबहारिक भैयो भनेर। तर फेरि अर्को शान्तीबादी मनले घ्याच्य थिच्थ्यो `छोरा मान्छे जति छिटो व्यबहारमा पार्यो उति राम्रो´ भन्दै ।
कुरा दशै भन्दा ठिक केही दिन अगाडिको हो। दिनभरको कामले दिमाग ह्यङ्ग भएको थियो। बिहान खाना लेर्याएको हटकेसलाई हातमा झुन्ड्याएर भद्रकाली हुँदै भृकुटीमण्डप नीर आइपुगेको थिए खल्तीमा भएको मोबाइलले घुर्रर घुर्रर गर्दै तिघ्रा थर्कायो। फोन अरु कसैको थिएन २०६२ सालमा काठमाण्डौ आउदा पहिलोपटक चिनेको साथी सुनिलको थियो। पहिला हाम्रो डेरा नजिक नजिकै थियो प्राय सधैं भेट हुन्थ्यो। तर गत बर्षको असारमा उसले `पाठ्यक्रम बिकास केन्द्र, सानोठिमी भक्तपुर´मा जागिर पाएपछी उ उतै डेरा सर्यो, हाम्रो भेटघाट फितलो भयो। फुटपाथको किनारा लागेर उभिएर फोन उठाए। उसको बोल्ने उहीँ पुरानो रुखो शैली थियो ।
“ओइ घाँस बुद्धि कता छस ? जिउदै छस ?”
`अ यार सास फेर्दैछु । तेरो के छ ?´ मैले सास सगसगै उसको प्रश्नको जवाफ र मेरो प्रश्न पनि फ्याके।
“अगि दिउँसो तेरोमा गको थिए त अफिस गको रैछस। तलाई एउटा सर्प्राइज छ, भाउजुलाइ छोड्देर आ’को छु। बेल्का फोन गरौला न।” उसले विश्राम लिदै बोल्यो ।
`के हो भन्न मुला?´मैले उत्सुकता जनाए।
“सर्प्राइज इज सर्प्राइज” उसले फोन राखिदियो।
मेरा पाइला लमकलमक गर्दै पुतलीसडकको डेरा भित्र छिरे। छोरिले हातमा बिहेको निमन्त्रणा कार्ड हल्लाइराखेकी थिइ। अफिसको ड्रेस नै नफुकाली छोरिको हातबाट उनत कार्ड खोसेर पढ्न थाले। लेखिएको थियो ´हाम्रो आयुष्मान सुपुत्र सुनिल न्यौपानेको झापा निवासी श्रीमान् पुष्पलाल खतिवडा तथा श्रीमती मेनुका खतिवडाकी आयुष्मती सुपुत्री सुश्री वर्षा खतिवडाको……….।´ म टक्क रोकिए। दिमाग अलि घुमे झै लाग्यो। मोबाइलमा बुढिऔलाले सुनिलको नम्बर दबाइसकेको थियो।
“देखिस घोप्टे तैले पो बिहेमा बोलाएनस त। मैले त बिहेको कार्ड नै तेरो घरमा पुर्याइदिए।” उसले हेलो पनि नभनी उहीँ ठाडो पारामा रुखो कुरा गर्यो।

“को हो बर्षा खतिवडा भन्या?” मैले उसको कुरा वास्तै नगरी आफ्नो प्रश्न तेर्स्याए।
“मुला थाहा नभए झै गर्छ, उहीँ के त हामी प्लस टु पढ्दा सगै पढेको बर्षा।”मेरो अनभिज्ञता लाई चिर्दै उस्ले बोल्यो।
“ह्वाट ?” कुनै कुरा तत्काल आफुलाइ थाहा नभैइ प्रतिक्रिया जनाईने बिस्मयादिबोधक शब्द मैले बोलेछु।
“अब ह्वाट स्वाट हैन फुलपातीको दिन हाम्रो बिहा हो। तेरो पनि अफिस बिदा हुन्छ। मलाइ कुनै बहाना चल्दैन। त्यो दिन मैले तलाइ जुनसुकै हालतमा त्यहा देखेकै हुनुपर्छ। तैले पो आफ्नो बिहेमा …..।” उ बोल्दैथियो मैले फोन राखिदिए।
रिंगटा लागेजस्तो भयो। भुइमा थचक्क बसे। मोबाइलले अघि देखि नै घुर्रर घुर्रर गर्दै टेबल थर्काउदैथियो। सायद उहीँ सुनिल कै फोन थियो होला मैले हेरिन ।

वर्षा खतिवडा र सुनिल न्यौपाने क्रमश: झापा र इलामबाट राजधानी आएका थिए। म सिन्धुपाल्चोक बाट झरेको। त्रीचन्द्रमा भेट भयो। म पुतलीसडक बस्थे, सुनिल पुरनोबानेश्वर र वर्षा कलङ्किदिखी त्रीचन्द्र पुग्थी। रमाइला नै थिए बिगतका दिनहरु। प्लस टु सकिएपछी वर्षासग सम्पर्क हराएको थियो। कलेजमा प्रायजसो साथिहरु मलाइ र वर्षालाई जोडेर लिने गर्थे। साथिहरुले कक्षा कोठाको भित्ता ´B+B` लेखेर भरिदिएका थिए। एकदिन वर्षाका फतौरी साथिहरुले ब्लाकबोर्डमा `वर्षा + बुद्धि´ लेखिदिएका रैछन। त्यो दिन म अलि ढिला क्लास पुगेको थिए। संयोगवस वर्षा पनि ढिलै आइपुगिन। अनि त के चाहियो र साथिहरुलाई, त्यो दिन पुरै मलाई र वर्षालाई उल्याएर बिताए।
बुद्धि सागर
बहाना साथीहरुको थियो तर अरुले जिस्काउदा जिस्काउदै म पनि उसलाइ अदृश्य प्रेम गर्न थालिसकेछु। एउटै चाहाना, एउटै रोजाइ अनि उस्तै सपना भएका ब्यक्तिमा मात्र प्रेमको भावना उब्जिने हैन रहेछ। प्रेम त आफैमा एउटा शक्ति रहेछ जसले उसका चाहानालाई आफ्नो आवश्यकतामा बदलिदिदो रहेछ। उसका सपनालाइ आफ्नो आँखामा सजाइदिदो रहेछ , अरु बाकी कुरा सबै लत्याएर उसलाइ मात्र रोजाइ बनाइदिदो रहेछ। मेरा आँखामा मनमुटुमा मात्र उ सपना भएकी थिइ। मेरो चाहाना उ अनि हर क्षणको मेरो कोसिस उसको चाहानामा पर्ने हुनथालेको थियो।
उ एकदिन कलेज आइन भने मलाइ चिनि बिनाको चिया र नुन बिनाको तिउन खाए झै लाग्थ्यो। तर वर्षाको मनको भेउ मैले कहिले पाउन सकिन। सायद मैले जस्तै अदृश्य प्रेम गर्दि हो मलाइ। तर मेरो दोस्त सुनिल न म वर्षासंग नजिकिएको मन पराउथ्यो न वर्षा म संग। ठ्याक्कै हिन्दी फिल्मको भिलेन जस्तै। हामी तिनजना एउटा बेञ्चमा बस्थिम तर उसलाइ बिचमा बस्नै पर्ने। मेरो बारेमा नराम्रो नराम्रो कुरा सुनाउथ्यो। घरी `यसको बाउ मात्र बाहुन हो आमा दलित, यो दलितको छोरा हो´ भन्थ्यो घरी `यसको गाउँमा त भोटेहरुले गाई मारेर खान्छन´ भनेर सुनाउथ्यो। सायद वर्षालाई सुनिलको कुरा नराम्रो लाग्ने रैछ क्यारे ढाडेका जत्रा आँखा पारेर खाउला झै हेर्थी उसलाई।
२०६५ सालमा प्लस टु सकेर म स्नातकको लागि आर. आर. क्याम्पस भर्ना भए वर्षा ओझेल परि। उसलाई उसको दाइले बिदेश लगेर पढाउने भनेर लगेको थियो। पछि परिस्थितीले मैले आशा सँग विहे गरे। वर्षाको अत्तोपत्तो थिएन। सुनिल पनि थाहा भएको कुरा गर्दैन थियो। यहि भदौको अन्तिममा म अफिसको कामले झापासम्म पुग्नुपर्ने थियो। दशैको समयमा झापाबाट किनमेल गर्न मान्छेहरु राजधानी आउँदा रैछन क्यारे बिर्तामोडबाट काठमाण्डौ आउने नाइट बसको टिकट पाए बल्लतल्ल त्यही पनि लास्ट सिटको। सात बज्न लागिसकेको थियो बस पनि छुट्नै लागेकोथियो। घुम्टो जस्तै गरि टाउकोमा सल बेरेकी एउटि महिला `मलाइ बमिट हुन्छ झ्यालको सिट छाडी दिनुस् न दाई´ भन्दै आइन। अनुहार पुलुक्क हेरे। उ अरु कोहि नभएर वर्षा थिइ। बाहिर अँध्यारो पोतिएको भएपनी बसभित्र बालिएका बत्तिहरुको उज्यालोले मान्छेको अनुहार प्रस्ट चिनीन्थ्यो। तर मैले वर्षाको अनुहार भन्दा नि उसको स्वरले चिनेको थिए। मसिनो अनि तीखो स्वर। उसका अनुहारमा पोलिएको जस्ता खतहरु थिए। अनुहार कै कुरा गर्दा पहिलेकी र अहिलेकी वर्षामा धेरै फरक देखिन्थ्यो।
“वर्षा !?” म झस्किएर बोले।
“बुद्धि”, उसले मेरो अनुहारमा पुलुक्क हेरि र गर्ल्याम्म अंगालो हाली। वरिपरिका मान्छेहरु मुखामुख गर्दै हामीलाइ नै हेरिरहेका थिए।
“वर्षा !?” म झस्किएर बोले।
“बुद्धि”, उसले मेरो अनुहारमा पुलुक्क हेरि र गर्ल्याम्म अंगालो हाली। वरिपरिका मान्छेहरु मुखामुख गर्दै हामीलाइ नै हेरिरहेका थिए।
हो! परिस्थितिले मलाइ वर्षासग लेर्याएर यस्तो अवस्थामा भेट गराउँछ भनेर सोचेको समेत थिइन। गाडिले गति लिसकेको थियो। रामकृष्ण ढकालको, `मलाइ यो जिन्दगीले कहाँ पुर्यायो……. ।´भन्ने गितमा सबै मस्त थिए। म बर्साको अनुहार एकटकले हेरिरहेको थिए र यतिकै हेरिरहन मन थियो नाघाउन्जेल।
“कता जान लाग्यौ तिमी ?”
“काठमाण्डौ। अनि तिमी त हाम्रो गाम तिर नि आएछौ त ?”
“अँ म अफिसको कामले यहि बिर्तामोड सम्म आएको थिए। आज फर्केको। तिमिसंग यसरी भेट होला भनेर कल्पना समेत गरेको थिइन।” मैले बोले।
“कता जान लाग्यौ तिमी ?”
“काठमाण्डौ। अनि तिमी त हाम्रो गाम तिर नि आएछौ त ?”
“अँ म अफिसको कामले यहि बिर्तामोड सम्म आएको थिए। आज फर्केको। तिमिसंग यसरी भेट होला भनेर कल्पना समेत गरेको थिइन।” मैले बोले।
“यस्तै हो बुद्धि जिन्दगिले कसलाइ कहाँ डोर्याउदै लान्छ र कहाँ लगेर पछारिदिन्छ केही अत्तोपत्तो हुन्न रैछ।” उस्ले लामो सुस्केरा हाली।
रामकृष्ण ढकाल झन जोडले बज्न थाले `…… कहिले हसायो कहिले रुवायो , आफैसंग छुटाएर एक्लो बनायो।´ उसको अनुहार म पढ्न सक्थे। स्पष्ट देखिन्थ्यो उसको जिन्दगीमा कालो बादल मडारिराखेको छ। उसको मनलाइ बडेमानको ढुङ्गाले थिचिराखेकोछ।
“बुद्धि ! जिन्दगीले कस्तो कस्तो मोड लिने रैछ है? कोहि पराइ पनि आफ्ना हुन्छन अनि कोहि एउटै लाम्टो चुसेको भएपनी धेरै गिर्ने हुदा रैछन। एउटै रगत भएर पनि के गर्नु भित्र मनमा मानवता र धर्मको सट्टा पापै पापले भरिएपछी अनेक हुदोरैछ बुद्धि।” वर्षाले लामो सुस्केरा हालेर बोली।
“सन्सार स्वार्थी छ वर्षा, खैर आफ्नै दाजुभाइ, बाउआमा त स्वार्थी हुन्छन।” मैले सान्तवना दिए झै गरे।
“हो रैछ, मलाइ मेरै दाजुले बेच्यो बुद्धि।” उ ठूलो आवाजले बोलेर मलाइ जोडले अङ्गालो हालेर रुन थाली। मान्छेहरु हामी तिरै हेरेर मुखामुख गर्न थाले।
उसको कुरा सुनेर म आश्चर्यमा परिरहेको थिए। मलाइ अङ्गालो हालेर रोइरहेकी उसको ढाडमा देब्रे हातले सुमसुमाउदै सोधे, “के भन्दैछौ तिमी?, कसरी त्यस्तो भयो? के भयो ।”
“भन्छु बुद्धि, तिमिलाइ के लुकाउनु र फेरि तिमीलाइ पनि नभने कोसँग रुनु र म? तर तिमी पो सुन्न सक्छौ कि सक्दैनौ। कुनै दिन तिमिले माया गरेको मान्छेको त्यो हालतको कुरा सुन्दा तिमीलाइ नराम्रो लाग्ला।” उसले यसो भन्दै गर्दा म तिर हेरि हाम्रा आँखा जुधे।

“बुद्धि मलाई थाहा छ, हामी कलेज पढदा तिमी मलाइ मन पराउँथ्यौ। म पनि त मन पराउथे तिमिलाइ। तर कैले न तिमिले भन्न सक्यौ न मैले नै। कतिपय सम्बन्धहरु यसरी नै सेलाउदै जाँदा रहेछन। प्रेम गर्छु भन्ने थाहा हुदा हुँदै पनि व्यक्त गर्न नसकेर धेरै प्रेमहरु सहिद हुने रहेछन्। प्लस टु सकेपछी मलाइ दाइले नर्सिङ पढाउँछु भनेर ईन्डिया लिएर गयो। मलाइ कतै जाने मन थिएन बुद्धि तर घरमा बाआमाले पनि जा भनेपछी जानै पर्यो। खुरुखुरु दाइको पछि लागेर गए। बाटोमा संकास्पद गतिबिधी नभएका होइनन तर आफ्नै दाजुले बेच्न लादैछ भनेर कसरी सोच्नु मैले। माइती नेपालले बोर्डरमा केरकार गर्दा मैले त्यहाको मान्छेलाई झापड समेत हाने। मान्छे पापी हुन्छन भन्ने थाहा थियो तर यति सम्मन कि आफ्नै दाइले यस्तो पाप गर्न सक्ला भनेर चै सोचेकी पनि थिइन।”यति भनीसक्दा उसका आँसुले उसले लगाएको कुर्ता छातिमा लपक्कै भिजेको देखिन्थ्यो।
“अनि अहिले यहाँ? कसरी उद्धार भयौ त?” मैले बोले।
“पछि एक लाखमा मलाइ बेचेको थाहा पाए। कुनै फिल्मको कहानी भन्दा कम थिएन त्यहाको जीवन।” बोल्दा बोल्दै उ भक्कानिन्थी घुक्क घुक्क गर्दै उसको आवाज रोकिन्थ्यो। “यदि पैसाकै लागि त्यसले मलाइ बेच्न लागेको थाहा पाएको भए म जिन्दगिभर उसको दास भएर बस्नेथे। कुन चाहिँ चेलिले आफ्नो दाजुभाइको कुभलो चिताउलान र? आफ्नो दाजुभाइको जति बिस्वास कस्को हुदो हो र हामी चेलिलाइ? अरुसंग डर लागे आफ्नो दाजुभाइको साथ खोज्छौ हामी तर तिनै दाजुभाइदेखि पनि त्रसित अनि कम्पित मन बोकेर हिड्नुपर्ने पनि हुदोरहेछ। गल्ली गल्लीमा भेटिन्छ्न बैसले मातिएका यौन पिपासुहरु। खै हामिले कसको बिस्वास गर्ने आफ्नै दाइले त त्यस्तो गर्दा रैछन। मेरो त लोग्ने मान्छे देख्दा पनि मन कहालिन्छ।” उसले यसो भनिरहदा मैले आफ्नो शरीर तलदेखी माथिसम्म हेरे।
“हुनत तिमी पनि लोग्ने मान्छे नै मेरा कुराले तिम्रो चित्त दुख्ला तर बुद्धि धेरै घिनलाग्दा हुदा रैछन लोग्ने मान्छेहरु। कोठिको पीडा म यहाँ कसरी बताउ, नर्कमा बरु आनन्द हुन्छ होला। मैले कतिपटक आत्महत्याको प्रयास गरे तर जतिपटक घाँटीमा पासो लगाउथे मेरो दिमागको खै कुन्नी शक्तिले रोक्थ्यो मलाइ।

सोच्थे आफ्नी बहिनिलाइ त यो नर्कमा पुर्याउने त्यो पशुले अरुलाइ के बाकी राख्ला त्यसलाइ सजाय दिलाउन भएपनि बाच्ने हिम्मत आउथ्यो।” रुदारुदा उसका आँसु सकिएका थिए सायद त्यसैले आँखा ओभाना भएका थिए।
“अनि ऐले तिम्रो दाजु कहाँ हो त?” मैले अपराधी खोजे।
“म त्यो नर्कबाट निस्किएपछी माइती नेपालले दाइलाइ समात्यो। अहिले उ सेन्ट्रल जेलमा छ। घरमा उसकी स्वास्नी छोरा छोरिको बिजोक छ। आमाको पनि उसलाइ जेलबाट निकाल्ने घिडघिडो छ। कहिलेकाही लाग्छ म आफ्नो घरमा हैन त्यो अपराधीको आफन्तमाझ मात्र छु जसले मलाइ त्यो र्त पुर्यायो त्यसैको माया लाग्छ उसकै आवश्यकता छ उनिहरुलाइ। फेरि म पनि त पिडित मात्र हैन रैछु त्यही अपराधीकि बहिनी रहेछु। तेस्लाइ कति दुख भयो होला त्यो जेलमा कति कुटाइ खायो होला सम्झिदा मुटु पोल्छ। जेलबाट छुटाउन सक्छुकी भनेर काठमाण्डौ होडेकी ऐले।”
गाडिको रफ्तार उहीँ थियो, रामकृष्ण ढकाल गाउदै थिए `…. जति रुवाओस धरधरी रुवाओस आफ्नो मान्छे आफ्नै हुन्छ …।´

रातभरी यात्राको क्रममा आसुमा पौडिएपछी वर्षाले मन हल्का पारे झै लाग्यो। “बुद्धि मेरो बिहा हुदैछ। तर मैले म कोठीमा बेचिएर आएको कुरा भनेको छैन। हुन पनि मेरो परिवार र अब तिमी बाहेक अरु कसैलाइ पनि थाहा छैन। भोलि यहि घटनाले म मर्ने दिन आउँछ नै त्यो मलाइ निश्चित रूपमा थाहा छ तर आज कसैलाइ धोकामा राखेर उसैसग बिहा गर्दैछु ।”
“को सग बिहा गर्न लाग्यौ र? यसरी भ्रममा राखेर बिहा गर्दा पछि असर पर्छ। सत्य कहिल्यै लुक्दैन।” मैले सुझाव सहित प्रश्न तेर्साए।
“तिमिले चिनेकै मान्छे हो थापाइहाल्छौ नि।” उसले बताउन चाहिन। मैले सुनिल हो भनेर कल्पना समेत गरेको थिइन। उ कलङ्किबाट छुटिएर हनुमानढोका सेन्टर जेलतिर हानिइ म पुतलिसडक लम्किए।

एक हिसाबले म पनि स्वार्थी नै थिए अरुको आँसु बटुल्थे र कथा बनाएर बजारमा मोल गर्थे र वाह वाह पाउँथे। मैले वर्षाको आँसुलाई पनि कथा बनाउने निधो गरे। त्यसमा वर्षाको मात्र आँसु थिएन मेरो पनि केही थोपा मिसिएको थियो। अनि आफ्नै आँसु लिएर बजारमा म के मोल गरु? बेचिएकी वर्षा! मेरो केही भाग आँसु मिसाएर कथा त लेखे तर उहीँ डायरिमा मात्र अटाए।
कथा काल्पनिक मात्र नहुदो रैछ। जीवनका तितामिठा भोगहरु पनि कथाको रुपमा आउँदा रहेछ। हो वर्षाको आँसु बजारमा लेर्याउने हो भने धेरै चल्दो हो। एक हिसाबले कुनै समयमा वर्षा मेरि प्रेमिका थिइ उसँग जीवनका केही क्षणहरु बिताएको छु। उसलाई आफुबाट गुमाउनुको पीडा त छदैछ तर त्यामाथी आँसुको मोल गरेर मैले चर्चा कसरि कमाउनु?

बिबाह मण्डपमा बसिरहेको बेलामा पनि वर्षा एकटकले मलाइ हेरिरहेकी थिइ। बेलाबेलामा आँसुका ढिका खसाल्थी। मैले पनि मन थाम्न नसकेर उसको माइतिको करेसामा गएर पेटभरी रोएको थिए। वर्षा मेरो प्राप्ती हैन तर उ सङ जुनि बिताउने सपना चै देखेको हुँ।
वर्षाको बिहा भयो। सुनिल वर्षा दुबै हाँसीखुसी नै देखिन्थे। बिहा भएको पनि महिनादिन नाघिसकेको थियो। पुरानै मेरो दैनिकी थियो। अस्तिको हप्ता आईतवार सुनिल हाम्रोमा आएछ। म अफिस गएको थिए। आशाले मैले कथा लेखेको डायरी दराज सफा गर्न भनी झिकेर टेबुलमाथी राखिछन्। सुनिलले पढेछ क्यारे। सायद त्यो मेरो गल्ती नै भन्नुपर्छ होला मैले कथा लेखिसकेपछी अन्तिममा पानामा हामी प्लस टु पढ्दा नगरकोट पिकनिक जाँदा वर्षा र म भएको फोटो पान आकारमा काटेर टाँसेको थिए।

बेलुका घर आए। टिभीमा बालाई खाली समाचार नै हेर्नुपर्ने छोरी कार्टुन हेर्ने भनेर जिद्धी गर्दै थिई। आशा भान्सामै व्यस्त थिइन्। चार्जमा राखेको मोबाईलले घन्टी बजाउँदै थियो। उहीँ सुनिलको फोन।
“त धोकेबाज होस्। तैले मलाई धोका दिईस्। त जस्तोलाई नि के साथी भन्नू।”म अक्क न बक्क परे।
“के भन्छ मुला? मैले बुझिन।” मेरो अनभिज्ञता थियो।
“त धोकेबाज होस्। तैले मलाई धोका दिईस्। त जस्तोलाई नि के साथी भन्नू।”म अक्क न बक्क परे।
“के भन्छ मुला? मैले बुझिन।” मेरो अनभिज्ञता थियो।
“अब नाटक नगर। वर्षा वेश्या रैछ। तैले आफ्नो साथीलाई वेश्या संग बिहा गराईदिस। घिन लाग्छ मलाई त देखि छि।”
मैले मेसो पाईसकेको थिए सुनिलले डायरी पढेछ भन्ने। सुनिल मात्रै हैन वर्षा पनि मेरो साथी हो। वर्षा कसरी वेश्या हुन सक्छे। उ त कर्मले अनि भाग्यले ठगिएकी मान्छे हो।
मैले मेसो पाईसकेको थिए सुनिलले डायरी पढेछ भन्ने। सुनिल मात्रै हैन वर्षा पनि मेरो साथी हो। वर्षा कसरी वेश्या हुन सक्छे। उ त कर्मले अनि भाग्यले ठगिएकी मान्छे हो।
`त्यो कथा काल्पनिक हो। मैले कल्पना गरेर लेखे पात्रहरु आफ्नै साथीहरु राखेर। अनि त्यो फोटो त मैले कलेजका दिनहरु याद आओस् भनेर मात्रै टासेको।´ झुट बोल्न त बोले तर सुनिलले फोन राखिसकेपछी बोलेछु। फेरि कल गर्दा उता सुनिलले फोन पनि रिसिभ गरेन। म खाना नखाई एक्कासी गएर सुत्दा परिवार छक्क परिराखेका थिए। आशालाई थप्पड लगाउदै कराए “त्यो डायरी किन बाहिर निकालिस?” उ केही नबोली पिल्पिलाउन थाली। रात पुरै छट्पटी मै बित्यो।
बिहान मिरमिरे मै बा पुजापाठ सकेर समाचार हेर्न थालिसकेका थिए। `नेपाल टेलिभिजन´का गजुरधन राई बोल्दै थिए “गएराती ईलाम घर भै हाल सानोठिमी भक्तपुर बस्दै आएका एक नव दम्पतीमा श्रीमती वर्षा खतिवडाले आत्महत्या गरेकी छन। घटनाको अनुसन्धान भैराखेको जिल्ला प्रहरी कार्यलय भक्तपुरले जनाएको छ।
मेरा हात खुट्टा थरथर काम्न थाले। चुक पोखिए झै अन्धकार देखे। मन पनि उहीँ चुक जस्तै अमिलो भयो। वर्षाले मेरो काँधमा टाउको राखेर `मैले आत्महत्या गर्नुपर्छ´ भनेको कुरा झल्झल्ती आँखै अगाडि आउदै थियो। आज मैले लेखेको कथाले गर्दा वर्षाले आत्महत्या गरे झै लाग्यो। आफ्नै हात देखेर घिनाउन थाले। हातभरी आफैले थुकिदिए। र त्यसैदिन देखि संकल्प गरे `अब कसैका आँसुलाई कथा बनाएर बजारमा मोल गर्ने छैन।from butwalnepal.com
Comments
Post a Comment