धरानमा मगर समुदाय जुट्दै.............

धरान-नेपाल मगर संघ धरानले आफ्नो भातृ संगठन बिस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ।यस अघि मगर महिला संघ गठन गरिसकेका संघले आज सनिवार मगर युबा गठन गरेको हो।मोहित पुनमगरको अध्यक्षतामा आठ सदस्यीय मगर युवा संघ धरान नगरसमिती गठन भएको छ।उपाध्यक्षमा छितिज थापामगर,सचिब इश्वर पुलामिमगर,कोशाध्यक्ष मनु आलेमगर सदस्यमा बिष्णु राना,शोभाकुमारी रानामगर,सागर थापामगर,रुपेस आलेमगर छ्न।भातृ संगठनको बिधानमा महिला ३३ प्रतिशत अनिवार्य उल्लेख छ भने नेपाल मगर संघको बिधानमा महिला पुरुष पचास पचास अनिवार्य रहनुपर्ने प्राबधान छ।
आजको भेला संघकै कार्यालय धरान १२ मा भएको हो भने आजका प्रमुख अतिथी नेपाल मगर युबा संघका केन्द्रिय सदस्य छ्बिना लुङ्गेलीमगर थिए।उक्त युबा भेला नेपाल मगर संघ धरानका अध्यक्ष चित्रराज थापामगरको अध्यक्षतामा भएको हो।

Comments