प्रशासनले आँखा चिम्लिएको वीर अस्पताल चम्काउँदै धुर्मुस सुन्तली



काठमाडौँ । देशकै सबैभन्दा जेठो अस्पताल वीर अस्पतालको रुप अहिले काँचुली फेर्दैछ। वीर अस्पताल प्रशासनले आँखा चिम्लिएका कारण लथालिंग, फोहोर र दुर्गन्धित बन्न पुगेको अस्पताल अहिले चम्किलो बन्दैछ।अँध्यारो, मैलो र फोहोर भित्ताहरु रङ तथा चित्रकलाले सजिएका छन् भने बत्ती तथा धारा मर्मत कार्य पनि एकैसाथ अघि बढिरहेको छ।नेपाल सरकारको सरसफाइ दूत रहेका हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, सफाइ अभियन्ता खेम शर्मा, वागमती सफाइ अभियन्ता अर्जुन धरेलसहित गत वैशाख २३ गते वीर अस्पताललाई नमुना अस्पताल बनाउने उद्देश्यका साथ १५ दिने अस्पताल सफाइ अभियान शुरू गरे पनि उनीहरुले अस्पतालको दुरावस्था देखेपछि रङ रोगनका साथ अन्य कामलाई पनि अघि बढाउने प्रस्ताव गरेका थिए। यसैअनुरुप यो दम्पतीको सामाजिक संस्था धुर्मुस–सुन्तली फाउन्डसनको प्रमुख नेतृत्वमा भइरहेको सरसफाइ रङरोगन तथा निर्माण कार्यक्रममा विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आइरहेका छन्।

‘वीर अस्पताललाई नमुना अस्पताल बनाउने हाम्रो मात्र सोच होइन।’ स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउनका लागि सहयोग गर्नुपर्छ भन्नुभएको थियो। यो हामी सबैको दायित्व पनि हो।त्यहीअन्र्तगत हामी यहाँको सफाइमा आयौं। शुरूमा सरसफाइका लागि मात्र आएका थियांै तर यहाँ आइसकेपछि धारा, बत्ती, भित्ताको अवस्था पनि हेर्नै नसकिने खालको भएको देखियो। समाचारपत्रमा खबर छ ।

त्यसकारण हामी बिस्तारै सबै काम अगाडि बढाउनुपर्छ भन्ने सोचले अघि बढ्यौं।भूकम्पले भत्किएका संरचना निर्माणका लागि होस् या अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण होस्, राज्यले बेवास्ता गर्दै आएको समस्या निराकरणका लागि सरकारलाई नै चुनौती दिँदै अगाडि बढ्ने सीतारामले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने ‘यो काम हामीले सफाइ अभियन्ता खेम शर्मा, वागमती सफाइ अभियन्ता अर्जुन धरेल, सिस्नुपानी नेपालका टंक आचार्य, दाइ मनोज गजुरेल, कलाकार अर्जुन घिमिरे (पाँडे) र भाइ कुमार कट्टेल (जिग्री) लगायतका अभियन्ताको साथमा अगाडि बढाएका हौं।

Comments