आइतबार बिहान बोनी कपूरका लागि निकै विशेष दिन रह्यो किनभने पुणेमा बस्ने टोनू सोजतिया नामकी एक फोटोग्राफर आफ्नो कार लिएर मुम्बईमा बोनी कपुरको घरमा आफ्नी आइडल श्रीदेवीका श्रीमानलाई भेट्ने आशामा पुगिन् ।
टोनूले स्पटब्वाईसँग श्रीदेवीलाई अर्पित गरिएको भिन्न प्रकारको श्रद्धाञ्जली बोनी कपुरले हेरिन् भन्ने आफ्नो चाहना भएको बताइन् । उनले बोनीसँग भेट्ने आफ्नो इच्छा पनि प्रकट गरिन् । उनको इच्छा बोनीले पुरा गरिदिए ।
जानकारीका अनुसार टोनुले आफ्नो कारलाई श्रीदेवीको पोस्टरले सजाएकी थिइन् । टोनू र उनका साथीले बोनीलाई उनको अफिसमा भेटे र श्रीदेवीबारे कुराकानी गरे । टोनुले श्रीदेवीलाई आफ्नो आदर्शमा रुपमा हेर्ने गरेको जानकारी दिइन् ।
Comments
Post a Comment