एजेन्सी। आइपीएलको ११ औं संस्करणमा जुन खेलाडीले सबैभन्दा प्रभावित गरेका छन् ती हुन् केएल राहुल। मुम्बई इण्डियन्स विरुद्धको खेलमा राहुलले ३६ बलमा अर्धशतक बनाए।

केएल राहुलको यो आइपीएल २०१८ मा छैटौं अर्धशतक हो। केएल राहुलले एक सीजनमा लक्ष्य पछ्याउँदै सबैभन्दा धेरै अधशतक बनाउने भारतीय ब्याट्सम्यान पनि भएका छन्। यसअघि यो रेकर्ड रोहित शर्माको नाममा थियो। जसले २०१६ मा ५ अर्धशतक प्रहार गरेका थिए।

केएल राहुल यो सीजनमा ६०० रनको आँकड भेट्याउने पहिलो ब्याट्सम्यान पनि भएका छन्। ओरेन्ज क्याप उनको सिरमा सजिएको छ।

केएल राहुल एक सीजनमा ६०० रन बनाउने चौथो भारतीय ब्याट्सम्यान हुन्। विराटले यो सफलता दुई पटक प्राप्त गरिसकेका छन्। उनी बाहेक उथप्पा, सचिनले पनि एक सीजनमा ६०० भन्दा धेरै रन बनाएका थिए।

Comments
Post a Comment