यस्तो पनि : खेती जोगाउन सनी लियोनको पोस्टर !


खेती जोगाउन राम्रोसँग मलजल गरेकोदेखि चरामुसाले नखाऊन् भनेर बुख्याचा राखेको त देखिआएकै हो । तर, खेती जोगाउन अभिनेत्रीको बिकिनी फोटो खेतमा राखिएको खबर पक्कै अनौठो लाग्छ । खबर भारतको आन्ध्र प्रदेशको हो । निलोरे जिल्लाको पिल्ले गाउँका एक किसानले पूर्वपोर्नस्टारसमेत रहेकी भारतकी हट अभिनेत्री सनी लियोनको पोस्टर राखेका छन् । बिकिनी लगाएकी सनीको पोस्टर खेतमा राख्नुको कारण केवल खेती जोगाउने उपाय भएको किसान छेन्चु रेड्डीले जनाएका छन् । उनको खेतमा काउली र बन्दालगायत तरकारी छन् । उक्त गाउँमा नमुना किसानका रूपमा चिनिएका छेन्चुको कामको अरूले डाहा गर्न थाले । उनको लहलहाएको तरकारी खेतीमा दुनियाँले आँखा लगाउन थाले । अरूले नराम्रो दृष्टिले आँखा लगाउँदा खेती बिग्रिने विश्वास यो गाउँमा व्याप्त छ। त्यसैले अरूको खराब दृष्टिबाट खेती जोगाउन छिन्चुले सनीको कामुक पोस्टर खेतमै राखिदिने जुक्ति निकाले । छेन्चुले सनीको पोस्टरमा तेलेगु भाषामा लेखेका छन्, ‘ए ! ममाथि आरिस नगर ।’ अहिले दुनियाँको आँखा तरकारी खेतीभन्दा सनीको तस्बिरमा पर्न थालेको उनले बताए । अरूले रिसको भावनाले खेतीबालीमा हेर्दा अन्न तथा तरकारी कुहिने मान्यता राख्ने छेन्चुलाई यसपटक भने बाली राम्रो भएकोमा सन्तोष लागेको छ । यो पनि पढ्नुहोस छिटै मर्छन् रिसाहा ! भन्ने गर्दै आइएको छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स-साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रिस उठ्ने मानिसहरुको मृत्यु छिटो हुने गरेको पुष्टि गरेको खबर छ । अब तपाई पनि विचार गर्नुहोस् । आइवा स्टेट विश्वविद्यालय मा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने मानिसको तुलनामा धेरै रिस उठ्ने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी हुने गरेको भेटाएको छ । रिसका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउँछन , जसमा तनावदेखि लिएर मनोरोग लगायतका हुन्छन्। रिसाहा मानिसको सरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ । धेरै रिस गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ । धेरै रिसाहा मानिसमा टाउको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ् अनुसन्धानले देखाएको छ । बढि रिसाहा मानिसमा फोक्सोको समस्या पनि बढि हुने अनुसन्धानले देखाएको छ ।

Comments