जिम्मेवारी काँधमा बोकी हिँड्दैछु–यतिखेर !


रुपा पाख्रिन – जिम्मेवारी काँधमा बोकी हिँड्दैछु–यतिखेर ! भित्ताहरुमा टाउको ठोकी हिँड्दैछु–यतिखेर !

घरि दौडधुप,घरि अलमल्ल,सपनाको शहरमा बिर्सेलाकी परिचय घोकी हिँड्दैछु–यतिखेर !

जतिखेरै पनि अरुको चित्त बुझाउँदा बुझाउँदै आफ्नै आकांक्षाहरु रोकि हिँड्दैछु–यतिखेर !

बालाई दम आमालाई पित्त रोगबाट मुक्त पार्ने अघोषित मितिहरु तोकि हिँड्दैछु–यतिखेर !

अचानाको पिर खुकुरीले जान्दैन–कसलाई के दोषरु ऋण लागोस्सदिन नलागोस् भनी खोकी हिँड्दैछु–यतिखेर

२०७५ जेठ ४ गते प्रकाशित

Comments