अर्घाखाँची । अर्घाखाँचीका एक युवकले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । सन्धिखर्क नगरपालिका–११ का २३ वर्षीय सम्राट भुसालले फेसबुकमा सुसाइट नोट लेखेर सन्धिखर्कककै एक होटेलमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
करिब दुई हप्ताअघि गरेको प्रेम विवाहलाई परिवारले अस्वीकार गरेपछि बाँच्न गाह्रो परेको सुसाइड नोटमा लेखेकका सम्राटले आफ्नो स्टाटसमा आफूलाई जिउन निकै गाह्रो भएको उल्लेख गरेका छन् ।
बिहीबार त्रिवेणी होटलमा श्रीमती शुष्मा क्षेत्रीसँग केहीबेर बसेका उनले श्रीमती फर्केपछि आत्महत्या गरेका हुन् । होटेलमा पनि एक्लै बस्ने भनेर नाम लेखाएका सम्राटले आफ्नो शरीरमा श्रीमती सुष्मालाई दागबत्ती दिन सुसाइड नोट मार्फत भनेका छन् । उनले कसैलाई पनि माया प्रेम गरेर विवाह नगर्न सल्लाह पनि दिएका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘मलाई नराम्रो कसैले नसोच्नु किन की कलाई जिन्दगी जिउन धेरै गाह्रो भयो । मेरो फोन घरमा कसैले रिसिभ गर्दैनन्। मैले बिहे गरेको थाहा भएर होला सायद । म लास्टमा के भन्छु भने मलाई नराम्रो सोच्ने मान्छेलाई कहिल्यै राम्रो हुँदैन । भाइ तैँले मलाई भन्थिस् नि तँलाई मार्छु भनेर तर आज म आफैं मर्दैछु अब त तँ खुसी हुन्छस नि । सुष्मा तिमीले मेरो लासमा दागबत्ती दिनु है मलाई अरु कसैले पोलेको म सहन सक्दिन । अन्तिममा मलाई चिन्ने नचिन्ने सम्पूर्ण आफन्त तथा दाजुभाइ दिदी बहिनीहरुलाई म के भन्न चाहान्छु भने माया प्रेम गरेर बिहे कसैले नगर्नु किन की बाँच्न गाह्रो हुँदो रैछ ।’
श्रीमतीलाई पठाएर एक्लै होटेलमा बसेका सम्राट भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि होटलका कर्मचारी हेर्न जाँदा सम्राटलाई झुण्डिएको अवस्थामा भेटिएका थिए । होटलका कर्मचारीले त्यसलगत्तै प्रहरीलाई खबर गरेका थिए ।
सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment