मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालको दोश्रो गीत सार्वजनिक फेरि आतंक सामाजिक सन्जालमा (भिडियोसहित)



मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल गायिकाको रुपमा छुट्टै परिचय बनाउने प्रयासमा छिन्। पछिल्लो समय उनले गाउने गीत अत्यधिक डिसलाइक पाउने गीतहरूमा पर्दछन्।

आँखा जुध्यो बालको उनको पहिलो अफिसियल रेकर्ड गरिएको गीतमा उनले थुप्रै नेगेटिभ कमेन्ट्स र टिकाटिप्पणीहरू खेपेका थिइन् तर ती श्रोताहरूको मन जित्न उनले फेरी अर्को प्रयास गरेकि छिन् आफ्नै शब्दको गीत बजारमा ल्याएर।

नेपाली चर्चित मोडल तथा भिजे सोनिका रोकायाको अभिनयमा गायिका मिना ढकालको कालि गोरी नेपालकी छोरी बोलको लोक पप गीत बजारमा आएको छ ।

नेपाली मौलिक गीतमा आफ्नो प्रस्तुती दिन निकै खपिस रहेकी मिना आफूलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी विभिन्न समयमा आफ्नो सिर्जना बजारमा ल्याएको छ ।

मिना ढकालको शब्द, सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् ।

भिडियोमा युवा पुस्तामा निकै लोकप्रिय मानिएकी मोडल सोनिका रोकायाको गीतमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन । आफूले निकै मेहेनत गरेर यस भिडियो ल्याएका कारण यस गीतलाई भने दर्शकले मनपराइदिनेमा विश्वस्त छिन् गायिका मिना ढकाल।

हेर्नुहोस् भिडियो :

Comments