धुर्मुसले सन्दिपको खेल हेरेपछि भने, "लर्ड बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान बनाउनलाई यसले अझै उत्साह थपियो"

काठमाडौं – विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीप लामिछानेले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेका छन्।जारी आईपीएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएर पछिल्ला तीन खेलमात्र खेल्ने अवसर पाएका १७ वर्षीय सन्दीपले तीनवटै खेलमा विकेट लिएर आफ्नो सनसनीपूर्ण खेल प्रदर्शन गरे। अहिले सन्दिपको नेपालमा मात्र होइन भारत देखि विश्वमै चर्चामा रहेका छन् ।
सन्दिपको चर्चा संगै कलाकार तथा समाजसेवी सिताराम कटेल धुर्मुसले सन्दिपको खेलको तारिफ गरेका छन् । उनले आफ्नो फेसबुक वलमा लेख्दै भनेका छन्, सन्दिपले क्रीकेटमा विकेट लिएर तहल्का मच्चाइरहदा हर नेपालीको मुहारमा खुशीको सञ्चार भइरहेको छ । लर्ड बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि यसले अझै उत्साह थपेको छ । भन्दै उनले फेसबुक मार्फत सफलताको शिखर चुम्दै जानु भन्दै सन्दिपलाइ बधाई तथा शुभकामाना दिएका छन् । 

Comments