आमा छोरी एउटै कक्षामा !

पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण ओखलढुंगाका एक महिलाले दिईएकी छन् । सुनकोशी गाउपालिका ८ की ३१ वर्षिय हेमकुमारी कटवाल ९बस्नेत०ले अध्यनका लागि छारीसंगै एउटै कक्षामा भर्ना भएकी छन् । उनी १३ बर्षिय छोरी दुर्गादेवी बस्नेतसंगै स्थानिय जगत जननी आधारभुत विद्यालयमा कक्षा ८ मा भर्ना भएकी हुन् । पढाईलाई उमेरले नछेक्ने भन्दै उनले बिद्यालयले सञ्चालन गरेको दोस्रो चरणको भर्ना अभियानका क्रममा कक्षा ८ मा भर्ना भएकी हुन् । उनले शिक्षा नै जिवन भएकाले अब नियमित रुपमा बिद्यालय जाने र आफ्नो भविष्य उज्वल बनाउने बताईन् । उनले ढिलै भएपनि शिक्षाको महत्व बुझेर विद्यालय भर्ना भएको भन्दै विद्यालयले समेत अवीर लगाएर स्वागत गरेको बिद्यालयका शिक्षक राजन ढकालले बताए ।

Comments