घूससहित जिल्ला समन्वय समितिका नायब सुब्बा पक्राउ



जिल्ला समन्वय समिति सप्तरीका नायव सुब्बा युगेश्वर यादव घुससहित पक्राउ परेका छन् ।

राजविराजस्थित कार्यालयमा १ लाख ३५ हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

जिल्लाको भारदह-त्रिकौल सडक खण्डमा निर्माण गरिने पुलको ठेक्का पाएका व्यक्तिसँग कमिसन वापतको घूस लिँदै गर्दा यादवलाई पक्राउ गरिएको अख्तियारको टोलीले जानकारी दिएको छ ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारको टोलीले जनाएको छ ।

Source:onlinekhabar

Comments