अदालतमा गोरे ले दिए बयान, ‘सनमको हत्या मैले गरेको हैन’

सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)ले शनम शाक्यको हत्या आरोप अस्वीकार गरेका छन् ।
बुधवार जिल्ला अदालत मोरङमा बयान दिँदै गोरेले सनमको हत्या आफूले नगरेको बताएका हुन् । सनमलाई यातना दिइ मारिएको ठाउँको बारेमा आफूलाई जानकारी भएपनि सनमको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको गोरेको भनाइ छ ।
गोरेले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका तथा फरारको सूचीमा रहेका अभियुक्तमध्ये केहीलाई मात्र आफूले चिनेको अदालतसमक्ष बयान दिएका छन् ।

Comments