
जेठ । चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि रानी आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेञ्ज भिडियो युट्युबमा चर्चित बनेको छ । यो भिडियोलाई ६ हप्तामा दुई करोडभन्दा बढी आँखा लगाइएको छ भिडियोमा आश्माले एलियन डान्स दुरुस्तै गरेकी छिन् । उनलाई विश्वभरीका दर्शकहरुको सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । अहिलेसम्म ७ हजारभन्दा बढी कमेन्ट आइसकेको छ । धेरैले अहिलेसम्म हेरेको यो च्यालेन्जको सबैभन्दा राम्रो डान्स भनेर प्रतिक्रिया दिएका छन् ।
‘यसले प्रमाणित गर्छ कि मानिसले जे कुरा पनि एलियनभन्दा राम्रो गर्न सक्छन’, द वल्र्ड नामबाट पोष्ट भएको कमेन्टमा लेखिएको छ । मोहम्मद मेमोन नामका व्यक्तिले यो भिडियो हेरेर आफूले नेपाललाई माया गर्न थालेको बताएका छन् । ेपालबाट अपलोड भएकोमध्ये सबैभन्दा बढी हेरिएको भिडियो २ रुपैयाँ फिल्मको ‘कुटुमा कुटु’ गीतलाई मानिन्छ । यो गीतको भिडियो ६ करोडपटक हेरिसकिएको छ । यदि आश्माको भिडियोले आफ्नो रफ्तार कायम राख्यो भने कुटुमा कुटुलाई चुनौती दिने देखिएको छ ।
Comments
Post a Comment