यस्तो पोस्टर सरकारी गाडीमा कसले टाँस्यो ?


काठमाडौं । ट्राफिक प्रहरीले बेलाबेला कारबाही नगरेको पनि होइन । जथाभावी पार्किङ गर्ने क्रम रोकिएको छैन । झन सरकारी गाडी नै सार्वसारधाण हिड्ने पेटी र सडकको छेउछेउमा रोकिएपछि के भन्ने ? तर, स्थानीयले विरोधको अनौठो शैली अपनाएका छन् ।

बानेश्वरको अल्फा बिटा क्षेत्रमा खानेपानीको पाइप राख्नका लागि पेटीहरु खन्ने काम भइरहेको छ । त्यसैले पैदलयात्रुहरु सडकको छेउछेउ च्यापेर हिड्नुको विकल्प भएन । तर, त्यही ठाउँमा सरकारी गाडी पार्किङ गरेपछि पैदलयात्री र स्थानीयले शालिन तर, सशक्त विरोध गरेका छन् ।

उनीहरुले जथाभावी रोकिएको गाडीमा ‘दिमाग नभएको सरकारी कर्मचारीको गाडी’ लेखिएको पोष्टर टाँसेका हुन् । थाहा छैन, यो विरोधले जथाभावी पार्किङ गर्नेहरु कति सुध्रिएलान् ?

Comments