यौन धन्दा चलाउने २ होटलमा मारियो छापा: ९ जना पक्राउ



काठमाडौँ । यौन धन्दा चलाएको सुराकीका आधारमा प्रहरीले झापाका दुई वटा होटलमा छापा मारेको छ। उक्त होटलमा छापा हान्ने क्रममा ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना युवती र ३ जना युवक गरी ९ जना रहेका छन्।



प्रहरीले झापाको बिर्तामोड नगरपालिकास्थित ५ वडामा पर्ने झरना होटल एण्ड लाज र बिर्तामोड – ३ मा पर्ने ग्रीनल्याण्ड होटल एण्ड लाजमा छापा हानेको हो। छापा हान्ने क्रममा प्रहरीले झरना होटलबाट ६ जना र ग्रीनल्याण्डबाट ३ लाई नियन्त्रणमा लिएको छ।

झरना होटल पक्राउ पर्नेहरुमा ग्राहक बनेर गएका एक भारतीय नागरिक २३ वर्षिय भोला र ३३ वर्षीय महमद सफिकसहित झापा कनकाईकी दिया चौधरी काठमाडौं चाबहीलकी सरिता लामा, रुपन्देहीकी निशा गिरी र प्रमिला गिरीलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

त्यसैगरी ग्रिनल्याण्डबाट पक्राउ पर्नेमा झापा गौराहद– ५ का २० वर्षिय प्रेम खत्री, ईलाम सुर्योदय– २ फिक्कलका २३ वर्षिया रुबिना तामाङ त्यस्तै काभ्रे बनेपा–६ बस्ने २५ वर्षया आयुषा तामाङ रहेका छन् ।

Comments