११० जनाको मृत्यु हुनेगरी भएको विमान दुर्घटनाको ब्ल्यक बक्स भेटियो



एजेन्सी : शनिबार ११० जनाको मृत्यु हुने गरी भएको विश्वकै ठूलो विमान दुर्घटनामा विमानको ब्ल्याक बक्स भेटिएको छ । बीबीसीले उल्लेख गरे अनुसार शनिबार क्युवामा दुर्घटना भएको विमानको एउटा ब्ल्याक बक्स भेटिएको हो ।

शनिबार बिहानै क्युवाको राजधानी हवानामा विमान दुर्घटना हुँदा १ सय १० जनाको मृत्यु भएको थियो । दुर्घटनाग्रस्त विमानको दुई मध्य एउटा ब्ल्याक बक्स भेटिएको बीबीसीले जनाएको छ । समाचारमा क्युबाका अधिकारीलाई उद्धृत गर्दै एक ब्ल्याक बक्स भेटिएको कुरा उल्लेख छ । क्यूवाका यातायात मन्त्रीले अर्को ब्ल्याक बक्स पनि छिट्टै भेट्नेगरी काम भइरहेको बताएका छन् ।

समाचारमा उल्ले भए अनुसार दुर्घटनामा ११ पर्यटकसहित १ सय १० जनाको मृत्यु भएको थियो । तीन महिलालाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो । उनीहरुको उपचार भइरहेको बताइउको छ । यो दुर्घटना सन् १९८० यताकै ठूलो हो । दुर्घटनापछि क्यूबामा शनिबार र आइतबार राष्ट्रिय शोकको घोषणा गरिएको छ । क्युबाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना थिए ।

Comments