धौलागिरी गाउँपालिकाले ८ लाख खर्च गरी स्थानिय ३० जना युवा परिचालन गरी १ महिनाबढी समय लगाएर १५ हजार फोहोर संकलनगरी तल ल्याएर ब्यवस्थापन गरेको हो ।

म्याग्दी — धौलागिरी हिमाल आरोहण गर्न तथा फन्को लगाउन आएका पर्यटक र सहयोगीले फालेको फोहोरले प्रदुषित धौलागिरी बेस क्याम्प सरसफाई गरिएको छ । धौलागिरी गाउँपालिकाले ८ लाख खर्च गरी स्थानिय ३० जना युवा परिचालन गरी १ महिनाबढी समय लगाएर १५ हजार फोहोर संकलनगरी तल ल्याएर ब्यवस्थापन गरेको हो ।म्याग्दी नदीको मुहान मानिएको धौलागिरी ग्लेसियरदेखि बेसक्याम्प हुँदै फेन्चपास डाँडासम्म थुप्रिएको फोहोर संकलनगरी चौरवन क्षेत्रमा ल्याएर कुहिने, जल्ने र नजल्ने छुट्टाछुट्टै खाडल बनाई ब्यवस्थापन गरिएको हो ।‘गाउँपालिकाको बजेटबाट महिनौं दिन लगाएर धौलागिरी बेस क्याम्प क्षेत्र सरफाई गरेका छौं,’ सरसफाई समितिका अध्यक्ष हरीप्रसाद तिलिजाले भने, ‘बेसक्याम्पहरुमा दिसापिसावको थुप्रो लागेकोले वरफ पगालेर पानी खान समेत समस्या छ । ट्रेकिङ कम्पनीहरुले पर्यटक र सहयोगीको दिसापिसाव र प्रयोग गरेको फोहोर फिर्ता लैजानु पर्ने भएपनि अनुगमन नहुँदा यही फाल्ने गरेका छन् ।’
Comments
Post a Comment