कुख्यात गुण्डा नाइके दिपक मनाङ्गेलाई जेल पुर्याउने एसएसपी पोखरेललाई काठमाडौं परिसरबाट हटाई लामा ल्याउने तयारी
काठमाडौं । आफू निकट प्रहरी अधिकारीलाई राम्रो स्थान दिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समय नै नपुगी प्रहरी प्रमुखको हेरफेर गर्न थालेका छन् ।
गृह मन्त्रालयको दबावमा कास्की, मुस्ताङलगायत आधा दर्जन जिल्ला प्रमुखलाई समय अवधि नपुग्दै हटाइएको हो ।
गुण्डागर्दीलाई शुन्यमा झारेका कास्की प्रहरी प्रमुख अशोक सिंहलाई कारबाही झैं हटाएर राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका बिवादास्पद एसपी ओमबहादुर रानालाई कास्की प्रहरीको जिम्मा दिइएको छ ।
मुस्ताङमा पनि ९ महिनामात्र पुगेका डिएसपी रामहरी पाण्डेलाई प्रधान कार्यालय तानेर महेन्द्र खड्कालाई पठाइएको छ । समयअवधि नपुगी प्रहरी प्रमुख हटाइएपछि प्रधान कार्यालयमा समेत नयाँ आइजी सर्वेन्द्र खनालको योग्यतामा प्रश्न उठ्न थालेको छ ।
गृहमन्त्रीको दवावमा प्रहरी अधिकारीको मनोबल घट्ने कार्यमा आइजी संलग्न भएको आरोप उनी माथी लाग्न थालेको छ । डिएसपी र एसपी सरुवामा विवादित बन्दै गर्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल हटाउने तयारीमा लागेका छन् ।
तीन महिना अगाडीमात्र काठमाडौं सरुवा भई आएका पोखरेल एक व्यवसायिक एवं दक्ष प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । उनले डान्सबार, डिस्को थेक, क्लब, होटल रेन्टुरेन्टबाट तीन महिनाको अग्रीम पैसा खाने डिएसपीलाई कारवाहीको दायरामा ल्याएका थिए ।
पैसा असुल्ने सबै प्रहरीलाई नछाड्ने भन्दै ब्रिफिङ गरेपछि बृत्तका डिएसपीले पैसा असुल्न छाडेका छन् । आपराधिक गिरोहसँग साँठगाँठ गर्ने प्रहरी अधिकारीमाथी निगरानी बढाएपछि उनी मातहत प्रहरी अहिले एसएसपी पोखरेलको एम्बुसमा पर्ने डरले सर्तक रहेको चर्चा परिसर वृत्तमा छ । कुख्यात गुण्डा नाइके दिपक मनाङ्गेलाई जेल पु¥याउने एसएसपी पोखरलेलाई हटाएर गृहमन्त्री बादल एसएसपी वसन्त लामालाई ल्याउने तयारीमा छन्
Comments
Post a Comment